Fast Nepal News

निर्वाचनमा सञ्चारमाध्यमको भूमिका

प्रकाश कपाली

banner single news

हाल स्थानीय तहको निर्वाचन नजिकिएसँगै सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाबाट निर्वाचन सम्बन्धी महत्वपूर्ण सूचनाहरु प्रकाशन भईरहेको छ।

तर कतिपय व्यक्तिहरुले सामाजिक सञ्जाल र विभिन्न सूचना प्रसारण गर्ने माध्यमबाट भ्रमपूर्ण समाचार प्रसारण गरी अफवाह फैलाउने कार्य गरिरहेका छन्।

राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगत समाजको ऐना हो। राज्यका हरेक गतिविधिहरुमा सत्य तथ्य र निष्पक्ष समाचार प्रसारण गर्ने प्रमुख भूमिका निर्वाह गर्ने काम सञ्चारमाध्यमको हो।

निर्वाचनमा भएका सत्यतथ्य गतिविधिहरूको सहि सुचना प्रसारण गर्नाले धेरै व्यक्तिको मानसिकतामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सकारात्मक असर पार्दछ। त्यसैले निर्वाचनको समयमा कुनै व्यक्ति र राजनीतिक संस्थालाई बढी महत्व दिनुभन्दा सत्य तथ्य र निष्पक्ष विषयमा समाचार तयार गर्ने कार्यमा सञ्चारमाध्यमको ठूलो भूमिका रहन्छ।

Inside Article Ads

प्रजातान्त्रिक व्यवस्था अनुरुप जनताले निर्वाचित गरेका जनप्रतिनिधी लाई आफूले अमूल्य मत दिई निर्वाचित गर्ने व्यवस्था नै निर्वाचन हो। निर्वाचन स्वच्छ निष्पक्ष र पारदर्शी हुनुपर्दछ। यदि निर्वाचन स्वच्छ निष्पक्ष र पारदर्शी भएन भने यसले दुरगामी असर निम्त्याउँछ। त्यसैले निर्वाचनलाई स्वच्छ , निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले प्रसारण गरेको सूचनाले ठूलो महत्व राख्दछ।

निर्वाचनको समयमा सञ्चारमाध्यमले समाजको पहरेदारको रुपमा कार्य गर्नुपर्दछ। विभिन्न स्थानमा भएका निर्वाचनका गतिविधिलाई समेट्दै निर्वाचनमा देखिएका विकृति र विसंगति विरुद्ध आफ्ना आवाजहरुलाई बुलन्द रुपले प्रस्तुत गर्ने कार्यमा सञ्चारमाध्यमको ठूलो भूमिका रहन्छ। यसबाट के प्रष्ट हुन्छ भने निर्वाचनमा सञ्चारमाध्यमहरुले निर्वाह गर्ने सूचना प्रसारणले महत्वपूर्ण अर्थ राख्छ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.