Fast Nepal News

‘फेस अफ स्मार्ट किड्स२०२३ सिजन ३ को पहिलो अडिसन सम्पन्न दोस्रो अडिसनको लागि आवेदन फारम खुला गरिएको छ

banner single news

विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘फेस अफ स्मार्ट किड्स २०२३’ सिजन-३को पहिलो अडिसन सम्पन्न भएको छ र दोस्रो अडिसन पनि हुने जानकारी गराऊदै आवेदन फारम खुला गरिएको छ साथै मिस्टर एण्ड मिस वेष्ट मोडल अफ दि ईएर २०२३ सिजन ३ पनि एउटै स्टेजमा ग्राण फिनाली गर्ने भएको छ

मोडलिङ क्षेत्र रोजेर उज्ज्वल भविष्य बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि आत्मा बिश्वास, मोडलिङ प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको कुरा पनि अध्यक्ष लामाले बताए साथे आफुले गर्ने सौन्दर्य प्रतियोगिता अरुले गर्ने भन्दा केही भिन्न तरिकाले गर्ने र प्रतिभाको मुल्याङ्कन पनि भिन्न तरिकाले गर्ने गरेको समेत जानकारी गराए ।
विशेष गरि बालबालिकालाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा टेवा पुर्‍याउने र बालबालिकाको व्यक्तित्व बिकास गर्ने उद्देश्यले फेस किड्स गरिरहेको अध्यक्ष लामाले बताए ।

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२३’सिजन-४ र ‘फेस अफ दि स्मार्ट किड्स २०२३’ सिजन-३ को कोरियोग्राफी अन्तराष्ट्रिय स्तरका कोरियोग्राफर रोजिन शाक्यले गर्नेछन् ।

Inside Article Ads

दुवै प्रतियोगिताका विजेता, फष्ट रनर अपर, सेकेन्ड रनर अपले आकर्षक गिफ्ट ह्याम्परका साथै विभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्नेछन ।

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ का प्रतिस्प्रधीहरुलाइ विभिन्न अतिरिक्त क्रियाकलापहरु चङ्गा चेट, रक्तदान कार्यक्रम, निशुल्क पानि तथा खाना बितरण, अनाथ बालबालिकालाई सहयोग गर्ने लगायतका विभिन्न सामाजिक कार्यमा समेत सहभागी गराईनेछ । त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत कुराको जानकारी अध्यक्ष लामा गराए ।

Visited 165 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.