
बिनोद मजाकोटी राइनास, लमजुङ —
श्री वीर भक्ति माध्यमिक विद्यालयले यस वर्षको SEE (२०८१) परीक्षामा पनि उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी भएका विद्यार्थीहरूमध्ये ९४.९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
विद्यालयले तीन वर्षदेखि लगातार राइनास नगरपालिकामा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ, र यसपटक पनि लगातार तेस्रो पटक प्रथम स्थान प्राप्त गर्न सफल भएको हो।
यस वर्षको परीक्षाफल यस प्रकार रहेको छ:
🌟 GPA 3.6 – 4.0: ४ जना
🌟 GPA 3.2 – 3.6: १९ जना
🌟 GPA 2.8 – 3.2: १३ जना
🌟 GPA 2.4 – 2.8: १ जना
विद्यालय प्रशासनले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रका सम्पूर्ण सरोकारवालालाई यो सफलताको श्रेय दिएको छ। विद्यालय परिवारले बधाई एवं शुभकामना दिंदै आगामी दिनहरूमा अझ उत्कृष्ट परिणामका लागि प्रेरित रहने प्रतिबद्धता जनाएको छ।
🎉 हार्दिक बधाई छ सम्पूर्ण भाइबहिनीहरूलाई! 🎉
श्री वीर भक्ति मा.वि. — शिक्षा, अनुशासन र उत्कृष्टताको प्रतीक।