Fast Nepal News

समतामूलक समाज निर्माण आजको आबश्यकता

( लेख) प्रकाश कपाली

banner single news

प्रकाश कपाली। मानिस आफैंमा सामाजिक प्राणी हो । सामाजिक अस्तित्व भएका प्राणी मानवले समाजमा बस्दा अनेकौं कुराहरूको परिकल्पना गर्दछ। यसमध्ये आजका आधुनिक युगका मानिसहरूको परिकल्पना भनेकै समतामूलक समाजको निर्माण हो। समतामूलक समाजको निर्माण राष्ट्र विकासको आधार हो। समतामूलक समाज निर्माण बिना समृद्ध र राज्यको परिकल्पना गर्न सकिँदैन। आज हरेक विकसित राज्यहरू समृद्ध हुनुको पछाडि समतामूलक समाजको निर्माण प्रमुख कारण रहेको छ। समतामूलक समाज निर्माण गर्नमा प्रत्येक नागरिकहरूको प्रमुख भूमिका रहन्छ। जबसम्म सबै नागरिकहरू सचेत र शिक्षित हुँदैनन् यस समाजमा समतामुलक समाजको परिकल्पना गर्न सकिँदैन। सचेत र शिक्षित नागरिकहरूले मात्र समतामूलक समाजको निर्माणमा अग्रसर भएर अघि बढ्न सक्दछ। ‌‌ समाजमा भएका विकृति विसंगति र अन्यायको विरुद्ध ,विभेदका विरुद्ध आवाज उठाई सबै व्यक्तिहरूको अधिकारलाई समाजमा स्थापित गर्नका लागि र समाजमा सबैको अस्तित्व सम्मान छ भनेर प्रत्याभूति गराउनका लागि समतामूलक समाजको निर्माण गर्म गर्नु अति नै आवश्यक छ। ‌ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने नेपालमा समतामूलक समाजको निर्माण अझसम्म पनि हुन सकिरहेको छैन। आफू समाजमा बस्दा धेरै व्यक्तिहरुले समानताको प्रत्याभूति गर्न पाइरहेका छैनन् ‌। स्वतन्त्रताको प्रत्याभूति , विभेदविरुद्धको प्रत्याभूति, मानवअधिकारको प्रत्याभूति पूर्णरुपले गर्न पाइरहेका छैनन्। जातीय विभेदले अहिलेसम्म पनि समाजमा जरा गाडेको छ। जातीय विभेदका आधारमा हुन्छ के कुरा प्रष्ट हुन्छ भने आजको दिनसम्म पनि समाजमा जनजाति र दलितको दृष्टिकोणले हेर्ने यो समाजमा समतामूलक समाज कसरी निर्माण हुनसक्छ? जातीय विभेद पनि आज समाज समतामूलक समाज निर्माणका लागि बाधक बन्न पुगेको छ। नागरिक स्वतन्त्रताको कुरालाई हेर्ने हो भने देशका अधिकांश नागरिकहरू संविधानले व्यवस्था गरेका मौलिक हकहरु बाट समेत पनि वञ्चित हुनुपरेको छ। वर्गीय आधारमा हेर्ने हो भने सम्पन्न र विपन्न बीचमा भएको वर्ग वर्गीय खाडलका कारण हाम्रो समाजमा समतामूलक समाज निर्माण हुन सकिरहेको छैन। वर्गीय विभेद पनि समतामूलक समाजको बाधक तत्व हो। राजनैतिक हिसाबले हेर्ने हो भने पहुँचमा भएका राजनैतिक दलहरुले देशको शासन सत्ता सञ्चालन गरी आफ्नो प्रभुत्व मात्र जमाउने काममा व्यस्त छन्। जनताको चासो र गुनासो लाई भन्दा आफ्नो पार्टीलाई सर्वशक्तिमान बनाउने कार्यमा व्यस्त हुनाले जनताकै चासो र गुनासो सम्बोधन गर्न सत्तामा पुगेका नेताहरुले जनताकै चासोले गुनासोलाई बेवास्ता गर्दा जनता मारमा पर्नुले समतामूलक समाजको आदर्शलाई नदर्शाउने भएकोले समतामूलक समाज निर्माणमा यस्तो घृणित कार्य बाधक तत्वको रुपमा रहेको देखिन्छ। यदि हाम्रो देशमा समतामूलक समाज निर्माण गर्ने हो भने विभेदकारी नीतिको अन्त्य ,वर्गीय विभेदको अन्त्य, संविधानको प्रत्याभूति, मानवअधिकार र मौलिक अधिकारको प्रत्याभूति सम्पूर्ण नेपालीहरुले गर्न गर्न पाएमा मात्र समतामूलक समाज र सभ्य समाजको परिकल्पना साकार हुन्छ। विभेदकारी नीतिको अन्त्य गर्दै संविधान र मानवअधिकारको प्रत्याभूति गराउन आजका युवा पुस्ताहरु राज्यको हरेक क्षेत्रहरुमा सक्रिय भएर लाग्नु अति नै आवश्यक देखिन्छ। युवाहरूको सक्रियताले समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। समतामूलक समाज वर्तमान नेपालको आवश्यकता हो।

Inside Article Ads
Visited 596 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.