१. खोरेत रोग (Foot and mouth disease)
खुर फाटेका जनावरमा प्राय खोरेत रोग देखिन्छ। यो रोग वर्षायाम सकिएपछि र चाडपर्वको बेलामा पशुहरूको अनियन्त्रित ओसार पसारका कारण खोरेत रोगको संक्रमण बढ्ने गर्दछ । त्यसकारण यो रोगको महामारी फैलिन नदिन आफ्नो पशुहरुलाई खोप लगाउनु अनिवार्य छ । खोरेत रोग नेपालमा बाह्रै महिना तराई, पहाड र हिमाली भागमा देखा पर्दछ र पशुहरुको आवतजावत नै रोग प्रकोपको मूल आधार मानिएको छ्।
लक्षणहरु :
• यो रोग लाग्दा एकदमै बढी ज्वरो (१०४-१०६ डिग्री फेरनहाइट) आउछ। विस्तारले घाँसपात नखने झोक्राउने जस्तो लक्षण देखाउछन् ।
• विशेषगरी पशुहरुको खुर वरिपरि, मुखको भित्रि भागमा, कल्चौडामा साना साना बिमिरा जस्तो मसिनो फोका देखिने हुँदा लक्षण देखिएका पशुहरुलाई बथानबाट अलग्गै राक्नुपर्छ ।
• यस रोगले ठुला माउहरु भन्दा पाठापाठीहरुलाइ बढी असर पुर्याउँछ ।
• कहिलेकाहीँ खोरेत रोगका कारण थुनिलोको समस्या पनि देखिन्छ । व्याउने माउहरुमा गर्भ तुहिने समस्या देखिन सक्छ ।
उपचार :
यो विषाणु बाट हुने भएको कारण कुनै खास उपचार छैन तर लक्ष्य अनुसार उपचार गर्दा नोक्सान बाट बच्न सकिन्छ ।
• सर्वप्रथम मनतातो पानीमा 2 प्रतिसत फिट्किरीको झोल़ बनाएर मुखको घाउमा सफा गर्ने ।
• खुरको घाउलाई पोटाश पानीले धोएर हिमैक्स वा लोरेक्जेन मलम लगाउनुपर्छ वा २ प्रतिसत निलोतुथोले घाउ सफा गर्न सकिन्छ।
• खुट्टाको घाउमा फिनेल पानी प्रयोग गर्न पनि सकिन्छ।
• अन्य विषाणु घाउमा प्रवेश नगरुन् भनेर एन्टी वायोटिक (antibiotic) सुइ लगाउन सकिन्छ।
• किरा मार्न तारपिनको तेल घाउमा राख्ने तथा मलहम घाउमा लगाउन सकिन्छ।
रोकथाम :
• रोगि पशुलाई तुरुन्तै बथानबाट अलग्गै राख्ने।
• मुखको घाउलाई असर नहोश भनेर पिउने आहारा खोले, भातको माड वा अन्य झोल खान दिने।
• गोठलाई फिनेल पानी ले सफा गर्ने।
• स्वास्थ्य पशुहरुलाई रोग विरुद्ध खोप लगाउने । खोप लगाउदा रक्षा नामक इन्डियन भ्याक्सिन २ मि. लि ६ महिना भन्दा माथि उमर भएका पशुमा छाला मुनि(s/c) सुइ दिने।
• (FMD Poly Valent Vaccine ) गाईभैंसी बाच्छा पाडा लाई १० एम.एल छाला मुनि दिने।
२ भ्यागुते (Hemorrhagic Septicemia)
यो जीवाणुले लगाउने सरुवा रोग हो । यो रोगले गाइलाई भन्दा भैसीलाई बदी आक्रमण गर्छ । यो रोग को प्रभाव गर्मि तथा बर्षायाममा बदी देखिन्छ ।
लक्षणहरु :
रोगका लक्षण ३ प्रकारको हुन्छ ।
१. सुनिले अवस्था (Odematous form)
उच्च ज्वरो आउने (१०६ – १०७ डिग्री फेरनहाइट), झोक्रिने, मुखको भित्रि भाग सुनीने, स्वास फेर्न गाह्रो हुने, आखा रातो हुने, खाना छोड्ने, कान लत्रिने, सुरुमा दिसा कब्जियत हुने तथा पछाडी रगत मिसिएर पातलो दिसा गर्ने, पेट दुखेकोले दाँत कट्कटाउने, नाक बाट पहेलो पदार्थ निकाल्ने तथा स्वास फेर्न नसकी ६-८ घण्टामा पशुको मृत्यु हुने।
२. नेमोनिक अवस्था (Pneumonic form)
यस अवस्थामा पशु को सास नली देखि फोक्शो सम्मको भाग पूर्ण रुपले प्रभावित हुन्छ। सबै भन्दा पहिले च्यापु सुनिने क्रम बढ्दै गई ह्याकुलो सम्म पुग्छ, टाउको तथा घीच्रो तन्काएर स्वास लिने तथा नाकबाट फीज निक्लिने तथा मुख खोलेर समेत स्वास लिने गर्छ। स्वास नली सुनिएर साघुरो हुनुको साथै जिब्रो समेत सुनिन गइ पशु मुख खोलेर समेत स्वास लिन थाल्छ र स्वास लिदा जोदेले घ्यारघ्यार आवाज निस्किन थाल्छ। कुनै कुनैमा पेट फुल्ने तथा खुट्टा सुनिन सक्छ उपचार नभएमा पाडापाडी छिटै मर्छ भने वयस्क पशु बढी मा ४-५ दिनमा मर्ने गर्छन।
३. इनटेरिक अवस्था (Enteric form)
पशुको मुख देखि लिएर फोक्शो, कलेजो, अमासय (Stomach) तथा आन्द्रा सम्मको भाग सुनिन्छ पेट फुल्ने, पखाला लाग्ने तथा रगत मासी जस्तो दिसा गर्ने र उपचार नभएमा ३-४ दिनमा मर्ने गर्छ।
उपचार:
• बर्षायाम सुरु हुनु अगाडी प्रत्येक पशुलाई खोप लगाउने।
• उपचारको लागि सल्फा समुहको एन्टी वायोटिक (antibiotic) बढी प्रभावकारी हुन्छ।
• अन्य समुहका एन्टी वायोटिक औषधीहरु क्लोरामफेनिकल, अक्सिटेट्रासाईक्लीन आदि पनी प्रयोग गर्न सकिन्छ। जस्तै ओं.टि.सी (एल.ए.१ मि.लि. प्रति १०) केजी तौल अनुसार गहिरो गरि मासुमा सुइ लगाउन सकिन्छ।
• सहायक उपचारको लागि एभील ३-१० मि.लि. (तौल हेरी ) १ दिन बिराएर २-३ वटा सुइ मासुमा लगाउन सकिन्छ।
रोकथाम :
• रोगि पशुलाई तुरुन्तै बथानबाट अलग्गै राख्ने।
• पानी पर्ने समय अगाडी नाइँ भ्याक्सिन लगाउन उचित हुन्छ।
• रोगले छोएको वा संका लागेको बस्तुलाई रोग फैलिएको बखत खोप लगाउन हुदैन।
• गहिरो खाडल खनेर मरेको पशुलाई गाड्नु र माथिबाट चुन छर्कनु पर्दछ।
• एच.एस.एलम प्रेसीपिटेट भ्याक्सिन भैसीमा ५ मि.लि छाला मुनि वा मासुमा पाडा पाडीमा ३ मि.लि सोहि तरिकाले प्रत्येक वर्ष सोहि समएमा लगाउनु पर्दछ। सुइ दिएको ३ दिनसम्म वस्तुभाउलाई जोत्न वा काममा लगाउनु हुदैन।
३. चरचरे (Black Quarter)
यो रोग प्राय जसो गर्मि मौसम मा फैलिन्छ। यो रोग क्लस्ट्रीडीयम चोबै(Clostridium Chauvoei) नामक जीवाणुबाट लाग्दछ। यो जीवाणुले पशु वस्तुको फिलाको मासु खाएर बिष पैदा गर्दछ जुन शरीरमा गएर ३६ घन्टाभित्र रोगि पशुको मृत्यु हुन्छ। ३ महिना देखि २ वर्ष उमेरका पशु हरुमा यो रोग बादी मात्रामा देखा पर्दछ।
लक्षणहरु:
• उच्च ज्वरो आउने (१०५ – १०७ डिग्री फेरनहाइट), बिशेष गरि फिलाको मंसपेसी सुनिएर आउदछ।
• सुनिएको भाग सुरुमा तातो हुने र पछि चिसो हुने र दुखाई पनि कम हुने, सुन्नीएको ठाउमा थिच्दा चरचर आवाज आउने गर्छ।
• छाला ठाउँठाउँमा फुट्ने गर्छ र लक्षण देखेको १२-३६ घण्टा सम्ममा पशु मर्दछ।
• नाक तथा मलद्वारबाट रगत समेत आउने गरेको पाइन्छ।
उपचार:
यो रोग को उपचार छिटो तथा सहि रुपमा गर्न पाएमा पशु बाच्न सक्छ।
• पेनिसीलिन २० लाख – ४० लाख अन्तराष्ट्रिय युनिट (अ.यु) मासुमा दिनहु ५ दिनसम्म लगाउने सामान्यतया १०,००० आइ.यु पेनिसीलिन/के.जी तौल अनुसार i/m सुइ दिने।
• सुन्निएको भागलाई निसंक्रमित चुरा वा ब्लेडले २-४ से.मि चिरेर बिग्रेको कालो फीज भएको रगत निचोरेर सक्दो निकाल्ने तथा चिरेको ठाउँमा पोटासले सफा गरि एन्टी वायोटिक मलम लगाउनु पर्छ।
रोकथाम :
• पानि पर्ने समय अगाडी नै गाइभैसीलाइ खोप लगाउने काम गर्नुपर्दछ । बि.क्यु. पिलोभ्यालेण्ट भ्याक्सिन गाइभैसीमा ५ एम.एल. (s/c) छाला र पाडापाडी लाइ ३ एम.एल. सोहि तरिकाले दिनुपर्दछ। ६ महिना नाघेको वस्तुलाई सुइ दिनु पर्दछ साथै यो सुइ प्रत्येक साल रिपीट गर्नुपर्छ।
• रोगि पशुलाई तुरुन्तै बथानबाट अलग्गै राक्नुपर्छ।
• गहिरो खाडल खनेर मरेको पशुलाई गाड्नुपर्छ।
• रोगि वस्तुले खाएको खाना, पानी, घास, निरोगी वस्तुभाउलाई नदिने तथा गोठलाई २% फर्मालिन को झोलले सफा गर्नुपर्छ।
४. पड्के (Anthrax)
यो रोग सबै प्रकारको घरपालुवा पशु साथै मानिसमा समेत लाग्ने सबैभन्दा डर लाग्दो सरुवा रोग हो। यो रोग ब्यसिलस एन्थ्राशीश (Bacillus Anthracis) नामक जीवाणुबाट लाग्छ। साधारणतया यो रोगबाट पशु फाट्फुट् मर्दछन्। गर्मियाममा यसको प्रकोप बडी हुन्छ। रोग सक्रमण दुसित पदार्थ खाएर, हावा वा छाला बाट हुन्छ। यो रोग ऊँन छान्ने लाई लाग्ने रोग (Wool Sorter’s Disease) पनि भनिन्छ। यो रोग पशुबाट मनिषमा सर्ने Zoonotic रोग हो।
लक्षणहरु:
यो रोगमा तिन प्रकारको लक्षणहरु देखिन सक्छ।
अल्पकालिन (Pre acute) अवस्था
पशु तिब्र रुपले बिरामी भइ एक्कासी मर्छ। मरेको पसुमा नाक मुख मलद्वारबाट नजमेको रगत निस्किन्छ। पशु एकै घण्टा भित्र मर्न सक्छ।
मध्यकालीन (Acute) अवस्था
पशुमा १०६-१०७ डिग्री फेरनहाइट ज्वरो आउने, कान खुट्टा तथा सिङ्ग चिसो हुने, आँखा रातो भई सुन्निने, स्वास फेर्न गाह्रो हुने, पिसाब बन्द भई पेट दुख्ने तथा नाक मुख मलद्वारबाट नजमेको रगत निस्कने आदि देखापर्छ।
दीर्घकालीन (Sub acute) अवस्था
रोगको लक्षण नरम प्रकारको हुन्छ र यस अवस्था मा पशु २-४ दिन पनि बच्न सक्छन। घाटी सुनिनु छाती पेटको भाग पनि सुनिएर कडा भइ बीचको भागमा भासिएर खाडल पर्नु कडा ज्वरो आउनु स्वास फेर्न अप्ठारो हुन्छ।
उपचारः
• कल्पेन फोर्ट, वा प्रोनापेन वा प्रोकेन पेनीसिलिन जी १०,००० आइ.यु प्रति क.जी सरिरिक तौल बराबर दिनको २ पटक मासुमा सुइ ५ दिनसम्म दिने अथवा अक्सिटेट्रासाईक्लीन एल. ए. १ मि.लि प्रति १० केजी तौल बराबर १ पटक मासुमा सुइ दिने र आवश्यक परे ७२ घण्टा पछि फेरी एक मात्रा सुइ दिने।
• एन्थ्रेक्स सिरमा १००-२०० मि.लि नसाबाट दिन सकिन्छ।
रोकथाम :
• गहिरो खाडल खनेर मरेको पशुलाई गाड्नुपर्छ। याद गरौ पट्के रोग लागेर मरेको पशुलाई कहिले पनि चिरफार गर्नहुदैन।
• रोगि पशुलाई तुरुन्तै बथानबाट अलग्गै राक्नुपर्छ।
• रोग देखिने क्षेत्रमा बर्षेनी आफ्ना पशुलाई रोग विरुद्ध खोप लगाउनु पर्छ। यसको लागि एन्थ्रेक्स स्पोर भ्याक्सिन १ मि.लि. छाला मुनि सुइ लगाउनु पर्छ।
५. थुनेलो (Mastitis)
दुधालु गाइ, भैसी, बाख्रा, भेडी आदिमा थुनको भित्रि भागमा रहेको दुध उत्पादन गर्ने कोसीका तथा कल्चौडा पूर्ण रुपले बिग्रिएर दुध संग रगत र पिप मिसिएर आउने तथा दुध उत्पादन घट्ने रोगलाई थुनेलो भनिन्छ। थुनेलो विभिन्न जीवाणु विषाणु तथा ढुसीहरुका कारण लाग्ने गर्दछ। थुनेलो रोग लागेको दुध मान्छेले खाएमा जिवाणुको कारणबाट मानिसमा पनि अनेक किसिमका रोगहरु लाग्ने प्रवल संभावना हुन्छ।
लक्षणहरु:
यो रोगमा दुइ प्रकारको लक्षणहरु देखिन सक्छ
१. लक्ष्यण देखिने (Clinical mastitis )
२. लक्ष्यण नदेखिने ( Sub-clinical mastitis)
लक्ष्यण देखिने (Clinical mastitis )
• थुन तथा कल्चौडो रातो ,तातो , सुन्निएर दुख्ने
• थुनमा गिर्खा,गाँठो देखा पर्ने, साह्रो हुने र दुध को मात्रा काम हुदै जाने
• दुध पातलो वा पानी जस्तो , पहेलो , रगत मिसिएको,पिप मिसीएको,छोक्रा जस्तै आउने
• ८/१० दिनपछि सुन्निएको थुन बिस्तारै घट्छ तर दुध राम्ररि आउदैन, कुनै पशुलाई स्वरो पनि आउछ
लक्ष्यण नदेखिने ( Sub-clinical mastitis)
• यी लक्षणहरु कृषकहरुले थाहा पाउन गाह्रोहुन्छ तर नियमित गरिने दुध परीक्षणबाट पत्ता लगाउन सकिन्छ।
• दुध उत्पादनमा कमी हुन्छ ।
• यो धेरै भएपछि आँखाले देखिने थुनेलोमा परिणत हुन्छ ।
• यो खास गरी ईकोलाइ (E.Coli) जीवाणुको कारणले लाग्दछ ।
उपचार
• दुध बेला बेलामा (सामान्य भन्दा धेरै पटक ) दुहुनु पर्दछ ताकी कल्चौडोमा पर्ने दवाव कम होश
• रोग लागेको फाचोलाई सबभन्दा पहिले पाटास पानी वा एग्रीफलाविन १:१००० को झोल बनाइ सफा गर्नु पर्दछ।
• कल्चौडा र थुन निकै सुनिएको छ भने मेगासल्फ मनतातो पानी मा मिसाइ सेक्ने अनि थुनलाई सफा कपडाले पुछ्ने थुनको टुप्पोमा पोभीडीन आयोडिन क्रीम लगाउने।
• यदी दुध आएको छैन भने किटाणु रहित पारेको थुन भित्र राख्ने नली (जसलाई Teat syphon/Teat canula भनिन्छ ) थुनमा भित्र घुमाउने र भित्रिएको दुध सबै निकाल्ने।
• सबै दुध निकालेपछि क्यानुलालाई बाहिर निकाल्नु पर्दछ, कल्चौड़ो र थुनलाई बिहान बेलुका राम्रो संग सेकि दिने।
• नसुन्निने, नदुख्ने सुइ दिने र यस्तो अवस्था मा राम्रो दाना पानी दिने।
रोकथाम :
• गोठ र गोठ वरिपरि सधै सफा राख्नु पर्दछ ।
• वस्तु ब्याएको तुरुन्तै कुनै एन्टी वायोटिक झोल ले राम्रो संग कल्चौडा सफा गरेर पहिलो पल्ट २/२ सिर्का दुध दुहेर फाल्ने अनि मात्र दुध दुहुन पर्दछ।
• पाडा वाच्छाले दुध चुसिसकेपछि विगौती दुध थुन कल्चौडोमा लागेको हुन्छ, त्यसैले तातो पानी ले सफा गरि सफा कपडा ले कल्चौड़ो पुछीदिनु पर्दछ।
• वस्तु बस्ने गोठ सफा हुनको साथै राम्रो नरम खालको सोतर हाल्नुपर्छ किनकी सोतरले घोचेर थुन मा घाउ बनाउन सक्छ।
• रोगी पशु दुहुनु पर्दा सबैभन्दा पहिला निरोगी थुन दुहुनु पर्दछ अनि मात्र संक्रमित थुन दुहुनु पर्दछ।
• धेरै दुधालु गाईभैसीहरुलाई व्याएको एक हप्ता सम्म धेरै दाना र वढी दूुध आउने आहारा कम गर्नु पर्दछ ।
यो लेख लेखकले विभिन्न लेख र पुस्तक पढी बनाएका हुन।