Fast Nepal News

कीर्तिपुरमा मेयर र उपमेयर बिच विवाद छताछुल्ल

banner single news

काठमाण्डौ । काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी र उपमेयर शुभलक्ष्मी शाक्या सुनिता बिच बिबाद बढेको छ । कीर्तिपुर नगरपालिका वडा नं. ४ मा रहेको चम्पादेवी डाँडामा जनभावना विपरित मेयरले दक्षिणकाली नगरपालिकालाई केवल कार बनाउन दिने निर्णय भएपछि मेयर उपमेयरबिच विवाद छताछुल्ल भएको हो ।
नेपाली कांग्रेसद्धारा आयोजित एक कार्यक्रममा मेयर राजकुमार नकर्मीले उपमेयर शाक्यलाई हामी हारेको वडा वडा नंं ४ मा गएर हाम्रो विरुद्ध जनमत तयार पार्ने प्रयास गर्नुभयो , उहाँ हाम्रो चुनाव चिन्ह लिएर जित्ने र हामीलाई नै वदनाम गर्दै हुनुहुन्छ । हाम्रो चुनाव चिन्ह लिएर अर्नगल प्रचार गर्दै प्रोपगाण्डा गर्दै हुनुहुन्छ त्यो कदापि गर्न पाउनुहुदैन, जुन वहाँले हल्का रुपमा लिएर कार्यालयमा भएका निर्णयहरु बाहिर ल्याउने काम गरिरहनुभएको छ यस्तै रवैया हो भने उहाँको पद खोस्नुपर्ने अवस्था आउनसक्छ भन्नुभएको छ ।
उपमेयर शाक्य गत स्थानिय तहको निर्वाचनमा जनता समाजवादीको कोटामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको चुनाव चिन्ह रुख लिई निर्वाचनमा विजयी हुनुभएको हो ।
कीर्तिपुर नगरपालिका वडा नं. ४ मा रहेको चम्पादेवी डाँडा स्थानियको भावना विपरित दक्षिणकाली नगरपालिकाको सक्रियतामा केवुलकार निर्माण गर्न थालेपछि स्थानिय, जनप्रतिनिधि र कीर्तिपुर नगरपालिकाबिच मात्र होईन मेयर र उपमेयरबिच पनि विवाद चुलिएको छ । स्थानियहरुले उक्त क्षेत्रमा केवलकार निर्माण नै गर्नुपर्ने भएका कीर्तिपुर नगरपालिका तर्फबाट र कीर्तिपुर नगरपालिकाको हितलाई ध्यानमा राखेर निर्माण माग राखेपनि पुर्व मन्त्री एवं उक्त क्षेत्रका सांसद राजेन्द्रकुमार के.सी., वाग्मती प्रदेशका मन्त्री पुकार मर्हजन, लगायत अन्य राजनीतिक दलका नेताहरु मौन रहनुभएको छ ।
कीर्तिपुर नगरपालिका वडा नं. ४ को चम्पादेवी डाँडामा चम्पादेवी इको फ्रेण्ड रोपवे एण्ड केवलकार प्रा. लि. दक्ष्णिकाली नगरपालिकाको बोसनबाट केवलकार निर्माणको लागि अध्ययन शुरु गरेको छ । बार्षिक केहि रकम कीर्तिपुर नगरपालिकामा बुझाउने गरि कीर्तिपुर ४ को चम्पादेवी डाँडा दक्षिणकाली नगरपालिकाको तर्फबाट केवलकार निर्माण गर्न अनुमति दिएको भन्दै स्थानियले विरोध गरिरहेका छन् ।

Inside Article Ads
Visited 412 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.