Fast Nepal News

चम्पादेवी डाँडामा दक्षिणकाली नगरपलिकाको चलखेलबारे कीर्तिपुर नगरवासी किन मौन ?

banner single news

कीर्तिपुर नगरपालिका वडा नं. ४ अन्तर्गत पर्ने चम्पादेवीको डाडाँ कीर्तिपुर नगरपालिकाको गहना हो । भलै कीर्तिपुर नगरपालिकाका वासिन्दाहरु नयाँ बर्षमा एक चोटी बैशाष १ गते चम्पादेवीको दर्शन गर्न उक्लेपनि कीर्तिपुर वासीको मनमा चम्पादेवी डाँडा र चम्पादेवी मन्दिर सधै मनमा रहेको छ । तर पछिल्लो समय दक्षिणकाली नगरपालिकाले चम्पादेवी मन्दिर र कीर्तिपुर नगरपालिकामा पर्ने चम्पादेवी डाँडामा नजाँनिदो किसिमले कब्जा जमाउन थालेपछि स्थानियको मन नराम्ररी बिथोलिएको छ ।
चम्पादेवी मन्दिरसम्म केवुलकार पुर्याउन दक्षिणकाली नगरपालिकाका तर्फबाट केहि बर्ष अगाडिदेखि पहल थालेपनि कीर्तिपुर नगरवासीको विरोध, तत्कालिन जनप्रतिनिधिहरुको विरोधले सफल नभएपनि पछिल्लो समय राजनीतिक सेटिगंमा सबैकुरा मिलाएको देख्न सकिन्छ । त्यसैको शुरुवात हालसम्म कीर्तिपुरका तर्फबाट मन्दिरमा पुजारी राख्ने परम्परालाई तोड्दै दक्षिणकाली नगरपालिकाले उक्त मन्दिरमा पुजारी राखेको छ भने कीर्तिपुर नगरपालिका वडा नं. ४ अन्तर्गत पर्ने करिब २२ हेक्टर जमिनमा कब्जा जमाउन खोजेको छ ।

पर्यटन प्रर्वद्रन र आर्थिक बिकासको लागि केवुलकार बनाउनु राम्रो भन्दै उक्त वडाका बासिन्दासँग सम्वाद नगरिकन भित्रिरुपमा सबै सेटिगं मिलाउदै गरिने कार्यको स्थानियले जमेर विरोध गरेका छन् । स्थानियको विरोधका वावजुद कार्यपालिकाको बैठकले दक्षिणकाली नगरपालिका द्धारा अगाडि बढाएको नीजि कम्पनीलाई चम्पादेवी डाँडाँमा केवुलकार निर्माण गर्न दिने भनेर निर्णय कीर्तिपुर नगरपालिकाबाट भएको र त्यसमा उपमेयर सहित केहि सदस्यको विरोध रहेको खबर बाहिरिएको छ ।
केहि समय अगाडि मोटरसाईकल दुर्घटनामा निधन हुनुभएका कीर्तिपुर ४ का वडा अध्यक्ष श्याम राजा अधिकारीले उक्त स्थान कीर्तिपुर नगरपालिका वडा नंं ४ मा भएकोले आफु उक्त स्थान अरु नगरपालिकाको प्रयोजनको लागि प्रयोग गर्न कदापि नदिने बरु यस स्थानमा पर्यटन प्रभन्धन गर्न हाइकीङ्ग रुटको सम्रक्षण गर्ने चम्पादेवी मन्दिर निर्माण गर्ने र होम स्टेको स्थापना गरी स्थानीयको जिवन स्तर उकास्ने बताउनुभएको थियो भने निर्वतमान मेयर समेश महर्जन ले बुद्ध स्तुपा राख्न अनुमती दिनुभएपनि हालसम्म सो कार्य अगाडि बढ्न सकेको छैन ।

नगरपालिका कार्यालयबाट स्विकृति प्रदान गरेपछि केहि व्यक्तिहरुको स्वार्थ पुर्तिको लागि वडावासीलाई गरिएको उपेक्षाप्रति वडावासीहरु अत्यन्तै आक्रोशित भएको स्थानियवासीको भनाई छ कहिले केवुलकार राख्ने कहिले के राख्ने हाम्रो वडा त्यहाँ के काम हुन लागेको हो स्थानियले थाहा पाउनुपर्दैन र ? कीर्तिपुर नगरपालिकाले बर्षको २, ४ लाख पाउछ भन्दैमा स्थानियलाई पर्ने मर्का नबुझिकन जे पनि गर्न पाईन्छ ? यहाँ त मान्छेहरुको धन्दा नै भएको छ पहिला केवुलकार राख्न दिनुहुदैन त्यस्ले हामी कीर्तिपुर वडा नं. ४ वासीलाई घाटा पर्छ भन्ने फेरि अलिकति दानापानी पाएपछि केवुलकार राख्नुपर्छ भनेर जोड जोडले लेख्ने र चिच्याउने, स्थानियसग सरसल्लाह नगरिकन, हित्तचित्त नबुझाईन कति पैसामा बिक्न सकेका हुन् मान्छेहरु ? उहाँ आक्रोश पोख्नुहन्छ साथै चम्पादेवीमा केवलकार राख्नाले किर्तिपुर नगरपालिका वडा ४ बासिन्दा र त्यहाँ भएका प्राकृतिक श्रोत साधन बिश्वमा दुर्लभ हुक्का चिल , सालक वातावरण पर्यावरण बन्यजन्तुमा पर्ने असरको ख्यालै नगरी थोरै आर्थिक लाभ भयो भन्दैमा भ दक्षिणकाली नगरपालिकाको बोसनमा स्टेशन राखेर केवलकार चलाउनुपर्छ भन्ने के छ ? उहाँको भनाई छ ।

Inside Article Ads

स्थानियले कुनैपनि छलफल र आन्तरिक परामर्श नगरि केवलकार निर्माणको लागि स्विकृति दिएको भन्दै स्थानीयले कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटालाई भेटि चम्पादेवीमा दक्षिणकाली तर्फबाट केबुलकार राख्न दिने निर्णय सच्याउन माग गरिसकेका छन् । यसको विरुद्धमा अहिले स्थानीयहरु विरोधमा उत्रिएका छन् तर नगरपालिकाले कम्पनीलाई केवलकार सञ्चालन लगायतका विषयमा काम गर्न अनुमति दिइसकेको छ । केवलकार सञ्चालन अनुमतिका लागि ८ लाख रुपैयाँ तोकिएको छ । केवलकार निर्माणले वनक्षेत्रमा पार्ने असर, स्थानियको आवश्यकताको सोधखोज , स्थानीयले उक्त क्षेत्र कीर्तिपुर नगरापफरलिकाबाट नै पर्यटनक्षेत्र बनाउनुपर्छ भन्ने भावना विपरित केहि व्यक्तिलाई केवुलकार बनाउनु राम्रो हो भनेर लेख्न र बोल्न लगाई ठुलो रकमको चलखेलमा काम अघि बढेको हुन सक्ने स्थानीयले भनाई छ । यो कुरालाई बेलैमा सशक्त आन्दोलन गरेर रोक्न नसके कीर्तिपुरको सम्पत्तिमा दक्षिणकाली नगरपालिका र बिचौलिया जो आर्थिक लाभको लागि कहिले बनाउन दिनुहुदैन भन्दै बार्गेनिगं गर्ने कहिले अलिकति आर्थिक लाभ पाएपछि बनाउनुपर्छ भन्दै उफ्रने गर्छन् तिनलाई मात्र फाईदा पुग्ने पक्का छ l  कीर्तिपुरका वासन्दिा एवं पुर्वमन्त्री एवं सांसद राजेन्द्रकुमार के.सी., वाग्मती प्रदेशका मन्त्री पुकार मर्हजन, कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरु र कीर्तिपुर नगरपालिकाका वासिन्दाहरु मौन नबसिकन लागेर चम्पादेवी कीर्तिपुरका बासिन्दाको जोगाउन जरुरी रहेको छ ।

Visited 391 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.