Fast Nepal News

बुद्ध र रिमी राईको गित “सोल्टिनी चिनो साटौला…” सार्वजनिक

banner single news
गायक/ संगीतकार बुद्ध राईको स्वर र संगीतमा रहेको रोमान्टिक प्रेमिल गित” सोल्टिनी चिनो साटौला ..” बजारमा आएको छ। बुद्धलाई गितमा रिमी राईले साथ दिएकी छिन् ।
गितमा मायाप्रेममा संगै बाच्ने बाचा गरिएको छ ।युवकले घरमा कुरा नमिले भगाएर लैजाने भनेका छन् भने युवतीले आफुले साचो प्रेम गरेको कुरा गितमा प्रस्तुत छ। यस गितका गितकार र संगीतकार स्वयम् बुद्ध राई हुन् ।
ए लेभेल स्टुडियोमा रेकर्ड गरिएको यस गित सुमन राईले एरेन्ज गरेको छन् भने मिक्सिङ्ग भने गोबिन्द सोनिले गरेका छ्न् । रेकर्डको काम सुबास कुथुमी राईले गरेका छन् भने क्यामराको काम मदन राईले गरेका छन् ।यस गितबाट आफू निकै आशावादी रहेको गायक/संगीतकार बुद्ध राईले बताए ।
Inside Article Ads
Visited 357 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.