Fast Nepal News

संस्कृति मन्त्रीको भाषण : क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो विवादमा

banner single news

प्रकाश कपाली

५ पुष,काठमाडौँ-क्रिसमस महोत्सवमा सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको एक भाषणले सामाजिक सञ्जाल निकै तातियो।क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो भनेर भाषण गरेपछि मन्त्रीको सर्वत्र आलोचना भएको छ।राप्रप्राका अध्यक्ष कमल थापाले मन्त्री किरातीलाई तुरुन्तै पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन्।

यसैगरी विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले रिर्पाटर्स नेपालमा पत्रकार सम्मेलन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीलाई अविलम्ब पदबाट बर्खास्त गर्न सरकारसगँ माग राखेको छ।आम नागरिकको स्तरबाट हेर्ने हो भने अधिकाश सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न टिकाटिप्पणी गरिरहेका छन्।

Inside Article Ads

आफ्नो यो भनाई विवादपछि मन्त्री किरातीले मुख खोलेका छन्।आफू नेपाली जनता सबैको अभिभावक भएकोले सबै अस्तित्वको समान गर्ने आफ्नो कर्तव्य भएको धारणा सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमार्फत संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्नुपर्ने बताएका छन् ।

Visited 178 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.