Fast Nepal News

तेश्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गर्न सफल ।

महिला विद्यार्थीकाे कमाल -खेलकुदमा पद्मकन्याको ठूलो फड्को

banner single news

काठमाडौ पाैस २० । काठमाडौं महानरपालिकाले २०८० साल पौष १७ गतेदेखि १९ गतेसम्म आयोजना गरेको तेश्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेकाे छ ।

Inside Article Ads

साथै रनिङ सिल्ड विजयी हुदा रू ४०,००० प्राप्त गर्न सफल भएको प्र .अ रिता तिवारीले जानकारी दिनुभयो । पद्मकन्यामा आयोजित समापन कार्यक्रममा काठमाडौं महानगर कि उपमेयर सुनिता डंगोलले पुरस्कार वितरण गरि विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभएको थियाे। कार्यक्रममा शिक्षा विभाग प्रमुख सीताराम कोइराला,विद्यालय निरीक्षक ईन्द्र दाहाल, लगायतकाे उपस्थित थियोे ।याे सफलताको श्रेय विद्यालयको शिक्षक विद्यार्थी, अभिभावक तथा समुदायलाई जान्छ । शिक्षकहरुको टीम वर्क, मेहेनत,कामप्रतिको लगावले कुनै पनि कार्य असम्भव छैन भन्ने प्रस्ट भएको छ प्र अ तिवारीले वताउनु भयाे ।

Visited 284 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.