Fast Nepal News

पाँच सर्जकका दस छेस्का कविता

छेस्का साहित्य (नियमित स्तम्भ )

banner single news

✍️ कालीचरण बस्नेत
१.
मीठो र ताजा
खोज्दछ खाजा
अल्छीको राजा !
२.
हुँदैन भर
सिसाको घर
सधैँको डर ।
~~~~~~~

✍️ निराज सिग्देल
१.
भएन ज्ञान
अब के काम
गरि सम्मान ।
२.
यी कस्ता कंस
सुधारे वंश
देश विध्वंस ।
~~~~~~~

✍️ लक्ष्मी न्याैपाने
१.
भट्टीको बास
पिउने बानी
सम्पत्ति नास ।
२.
भन्दैछन् सारा
शासक भए
जनता मारा ।
~~~~~~~

Inside Article Ads

✍️ निरञ्जन पाेख्रेल
१.
छिनेको कटी
बदामी आँखा
अप्सरा जस्ती ।
२.
गरेमा सेवा
मिल्छ आनन्द
यहि हो मेवा ।
~~~~~~~

✍️ मुकुन्द खड्का
१.
अरूकाे लाख
आमाकाे काख
जाेगाउ साख ।
२.
संधैकाे डर
भएन अब
कसैको भर ।
~~~~~~~

Visited 301 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.