Fast Nepal News

‘एभरेस्ट’पछि पृथ्वी एक परिवारकाे सन्देश बाेकेकाे अशाेक सिलवालकाे ‘ओसियन’ आयो

'एक पृथ्वी, एक परिवार र एक अनुभूति पुस्तकको मूल सन्देश हो', सिलवालले भने, 'एकमात्र असल बाटाे पनि यही हाे ।'

banner single news

काठमाडौं । अशोक सिलवालको अर्काे पुस्तक ‘ओसियन : द साउन्ड अफ द हिमालयज’ प्रकाशित भएको छ । नेपालले हालै भोगेको विनाशकारी बाढीबीच प्रकाशित यो पुस्तकले प्रकृतिको एकत्व र विश्वमानवताको साझा भावनालाई अर्थपूर्ण ढंगले प्रस्तुत गरेको छ ।

‘एक पृथ्वी, एक परिवार र एक अनुभूति पुस्तकको मूल सन्देश हो’, सिलवालले भने, ‘एकमात्र असल बाटाे पनि यही हाे ।’

सिलवाल नेपालका ७७ वटै जिल्ला हुँदै विश्वभर पुग्ने लक्ष्यसहित अघि बढिरहेको ‘हिमालय टु ओसियन (एचटूओ) नेपाल बुक जर्नी’का संस्थापक हुन् । जर्नीमा सिलवालका विश्वशीर सगरमाथालाई आधार बनाएर पनि भुइँतिर फर्किएको ‘एभरेस्ट : एन अनफिनिस्ड स्टोरी’, आफैभित्र उज्यालाे खाेज्न प्रेरित गर्ने स्वरूपान्तरणको कथा ‘अप्प दीपो भवः’ र एक पृथ्वीको सन्देश बोकेको ‘ओसियन : द साउन्ड अफ द हिमालयज’ समेटिएका छन् ।

Inside Article Ads

लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालको अर्को पुस्तक ‘लाङटाङ : फ्रम डेथ टु लाइफ’पनि चाँडै पाठकमाझ आउँदैछ । विपत्ति र वियोगपछि पनि मानिस कसरी उठ्छ, संघर्ष गर्छ र फेरि जीवनतर्फ फर्किन्छ भन्ने प्रेरणादायी कथा यसमा समेटिएको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.