Fast Nepal News

शुक्रबार सुनको मूल्यमा बृद्दि

banner single news

शुक्रबार सुनको मूल्यमा बृद्दि भएको छ।

बिहीबार प्रतितोला २ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य शुक्रबार १ हजार ४ सय रुपैयाँले बढेर ३७ हजार २ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारशुक्रबा् छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

Inside Article Ads

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.