Fast Nepal News

कस्तो छ त लमजुङ जिल्लामा विधुत् वितरणको हालको अवस्था ?

लमजुङ सम्वाददाता

banner single news

लमजुङ जिल्लाको समग्र विधत् वितरण सेवा लमजुुङ विधुत् उपभोक्ता समितिवाट नेपाल विधत् प्राधिकरणको निवर्तमान माननिय उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रि पम्फा भुसालज्युूले अध्यक्षता गर्नु भएको नेपाल विधुत् प्राधिकरण सञ्चालक समितिले वि. स. २०७८ साल पौष महिनामा नितिगत रुपमा निर्णय गरे पश्चात नेपाल विधुत् प्राधिकरण लमजुङ वितरण केन्द्रले सम्पूर्ण सञ्चालन, मर्मत–सम्भार, विस्तारका प्राविधिक र व्यवस्धापकिय जिम्मेवारी लिँदै आइरहेकोछ । जिल्लाभर गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्नको लागि वितरण केन्द्र्र प्रमुूख सहायक प्रवन्धक मेधनाथ भट्टराईका अनुुसार मर्मत सम्भार र सेवा प्र्रवाहलाई सहज हुुने गरी सवै भूगोललाई समेट्न रानिकुवाको मुख्य कार्यलय वाहेक, उदिपुुर सवस्टेशन, क्होलाव्सोतरको केही भुगोल र मस्र्याङदी गा. पा. मा ३ जना प्राविधिक कर्मचारी सहित खुदीमा खुदी नो–लाइट, तनहुँु भानु न. पा. को – ८,९,१० र ११ वडा +राइनास–८+सुन्दर वजार न. पा. लाई समेट्न पाउँदीमा ७ जना प्राविधिक कर्मचारी सहित पाउँदी नो–लाइट ,वेशिसहर न. पा. को चिति तिलार क्षेत्र+दोर्दी गा. पा. लाई समेट्न रामचोकवेसीमा ४ जना प्राविधिक कर्मचारी सहित रामचोकवेसी नो–लाइट, समग्र राईनास न. पा. को लागि राईनास– ५, तिनपिप्लेमा ४ जना प्राविधिक कर्मचारी सहित राईनास नो–लाइट र मध्यनेपाल – भोर्लेटार सवस्टेशनमा ३ जना प्र्राविधिक कर्मचारी सहितको सम्पर्क कार्यलयहरु सञ्चालनमा रहेका छन् । पश्चिम लमजुङ उपभोक्ता समिति पनि पूर्ण रुपमा ने. वि. प्रा. मा नै हस्तन्तरण गर्न नितिगत निर्णय भईसकेको छ र कार्यन्वयनको लागि गृहकार्य भैरहेकोछ । उक्तकार्य सम्पन्न भए पश्चात भोर्लेटार सवस्टेशनलाई नै उप–वितरण केन्द्रको रुपमा विस्तार गरिनेछ जहाँँ विधुतिय विल भुक्तानी सहितको व्यवस्था रहनेछ । त्यस्तै गरी दुुधपोखरी गा. पा. समेट्न साथै रामचोकवेशीलाई सहयोग पुग्ने गरी गौँडामा २ जना प्राविधिक कर्मचारी सहित गौँडा नो–लाट यही माघ १ गतैवाट सञ्चालनमा आउनेछ ।
राइनास न. पा. मा विधुतको गुणस्तर ११ के. भि. को फिडर लामो भएको कारण भोल्टेज ड्रपको समस्याले गर्दा लमजुङ वितरण केन्द«,, गोर्खा वितरण केन्द« र लमजुङ स्थाई घर भई प्राधिकरणमा कार्यरत विज्ञ प्राविधिक कर्मचारी सहितको समन्वय र परामर्शमा करीव ७ करोड वरावरको रकम इस्टिमेट गरी नेपाल विधत् प्राधिकरणमा पेश गरेको नगर प्रमुख –खड्क बहादर गुरुङ र उप–प्रमुख–पुष्पराज खनाल वताउनुहुन्छ । जस अनुसार ११ के. भि. को लाइन पालन्टार(गोर्खा) सव–स्टेशनबाट राइनास जोडने, थप ट्रान्सफर्मरहरु जडान गर्ने, लो भोल्टेज लाइनहरु सुदृढ र विस्तार गर्ने कार्यहरु रहकोछ । जसअनुसार वडा नम्वर ४ र ७ मा २ वटा ट्रान्सफर्मरहरु जडान भई सकेका छन् र अन्य बाँकी जोडने क«ममा रहेको पनि उप–प्रमुख–पुष्पराज खनाल वताउनुहुन्छ । साथै वितरण केन्द्र प्रमुख भट्टराईका अनुुसार ११ के. भि.को लाइन पालुन्टार(गोर्खा) सव–स्टेशनबाट राइनास जोडन पनि खरीद प्रकृया अघि बढिरहेको जानाकारी गराउनुहुन्छ ।
विधुतिय विल भुक्तानी गर्दा रानिकुवाको मुख्य कार्यलय नै धाउनु पर्दा उपभोक्ताले सास्ति पाएको भनि राइनास–५ का उपभोक्ताहरुले जनपतिनिधि– वडा सदस्य–हरिराम अधिकारी समक्ष गुनासो राख्दा वहाँले सम्वन्धित कार्यलयमा उक्त गुनासो सुनाउँदा केन्द्र प्रमुखले विधत् प्राधिकरणको केन्द्रिय निति र परिपत्र अनुसार नै देशैभरीका कार्यलयहरुलाई प्रविधिमैत्रि, सरल–सहज वनाउन अनलाईन विल भुक्तानीलाई नै प्राथमिकता दिने योजना अनुरुप नै अनलाइन विल भुक्तानीलाई अधि बढाइएको जानाकारी गराउनुभयो । साथै अनलाईन विल भुक्तानी मार्फत नै लमजुङमा ८० % भन्दा धेरै विल भुक्तानी भएको र छिट्टै यसले लगभग पर्णःता पाउनेमा विश्वास्त रहेको जानाकारी गराउनुभयो ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.