Fast Nepal News

प्राकृतिक सुन्दरता ले भरिपूर्ण राेशी गाउँ पालिका।

फाेटाे फिचर सहित

banner single news

प्रदिप लामा/प्रकास कपाली काभ्रे -काभ्रे जिल्ला को रोशी गाउँ पालिका वडा न २ प्राकृतिक सुन्दरता ले भरिपूर्ण छ।प्राकृतिक रूपमा मात्र नभई यस क्षेत्र ऐतिहासिक एवम् सांस्कृतिक स्थलहरुले पनि भरिपूर्ण रहिआएको स्थानीय वताउछन्। रोशी गाउँ पालिका वडा न २ स्थित रहेको तीनधारा झरना प्राकृतिक सुन्दरता ले भरिपूर्ण हुनुका साथै आजभोलि यस क्षेत्रमा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ।

Inside Article Ads

विशेषगरी दैनिक जसाे आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरकाे छ। विशेषगरी आन्तरिक तथा बाहृय पर्यटकहरू यस क्षेत्रमा रहेको प्रकृतिको अध्ययन र अवलोकन गर्न यस क्षेत्रमा घुम्न आउने गरको स्थानीय वताउछन्।
रोशी गाउँ पालिका वडा न २ का वडा अध्यक्ष पोते लामा को अनुसार रोशी गाउँ पालिका वडा न २ प्राकृतिक सुन्दरता ले भरिपूर्ण स्थल भएतापनि यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न केन्द्रीय सरकार सङ्ग पहल गरिरहेको वताउछन् ।तर केन्द्रीय सरकारको ध्यानाकर्षण हुन नसकेको विषयमा भने उनि चिन्ता व्यक्त गर्दछन्। यसैगरी तीनधारा झरनाको आसपासको क्षेत्रमा नाग दह,महाभिर झरना, रानी झरना रहेको भनी तीनधारे झरना अभियानको सयोजक पदीप तामाङ्गले बताउनुभयो।यसरी तीनधारे झरना भएको क्षेत्रमा महाभारतको युद्धकालिन कथा जाेडिएकाे यस क्षेत्रका स्थानीय बासिन्दाले बताएका छन्। प्राकृतिक दृष्टिकोणले भरिपूर्ण भएको हुनाले नेपाल सरकारले यस क्षेत्रमा पर्यटन प्रवर्धन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अति नै आवश्यक भएकाे सराेकारवालहरू वताउछन् ।

Visited 145 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.