
कोशी राजमार्गको विराटनगर इटहरी सडक खण्डको दुहवीमा गएराती भएको सड्क दुर्घटनामा एक जना मजदुरको मृत्यु भएको छ ।
ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००१ख ९२६९ न को ट्रकले पैदलयात्रीलाइ ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट घाइते भएका अन्दाजी २२ वर्षिय सिकेन्दर राम चमारको उपचारकालागी विराटनगरस्थित कोशी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्थानिय हुलास वाइर उधोगमा कार्यरत मृतक युवकको वारा जिल्ला गढिमाइ नगरपालिका वडा नम्बर ५ को रहेको प्रहरीले जनाएको छ ।