Fast Nepal News

नेपाल राष्ट्र बैंकको २०८० साल आर्थिक अवस्थाको दृष्टिकोणले मिश्रित

banner single news

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल आर्थिक अवस्थाको दृष्टिकोणले मिश्रित रहेको बताएका छन्।

शुक्रबार नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा अस्थिरताको अवस्था रहेको उल्लेख गरेका छन्। उनले वितेको बर्ष बाहिए क्षेत्रमा सुधार भई विदेशी विनिमय संचिती सहज राख्न, भुक्तानी प्रणली सुधार र वित्तिय स्थायित्व कायम गर्न बैंक सफल रहेको बताएका छन्।

Inside Article Ads

गर्भनर अधिकारीले आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ् प्रणालीको कर्जा असुली दबाबमा रहेकाले निष्क्रिय कर्जा अनुपात बढेको बताएका छन्। बैंक तथा वित्तिय संस्थाको क्षेत्रमा नीतिगत सुधार भएको उल्लेख गर्दै उनले कानूनी सुधारको सम्बन्धमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंक ऐन २०५८ को संशोधन मस्यौदा तयार पारे संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.