Fast Nepal News

” आजको अवस्थामा पद्मकन्या”

- रीता तिवारी /प्रधानाध्यापक

banner single news

नेपालमा नारी शिक्षामा अग्रणी स्थान हासिल गर्न सफल यस पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय देशमा आम नागरिकका लागि शिक्षाको अवसर नभएको अन्धकार युगमा पनि नारी शिक्षाका लागि दियोका रूपमा वि.सं. २००४ सालमा स्थापना भएको थियो । अत्यन्त रुढीवादी समाजमा पनि छोरीहरूलाई शिक्षा दिन खोलिएको यो विद्यालयको गरिमामय इतिहास छ । यस विद्यालयबाट दीक्षित धेरै महिला अहिले समाजमा प्रतिष्ठित जीवन बिताइरहेका छन् ।

Inside Article Ads


हाल डिल्लीबजारमा यस विद्यालयको जग्गा तात्कालीन राणा प्रधानमन्त्री पद्यमशमशेरका आफ्नै छोरा वसन्त शमशेरको नाममा थियो पछि उनले छोरालाई विशालनगरमा रहेको जग्गा सोधभर्नामा दिई डिल्लीबजारमा रहेको निजको जग्गा विद्यालयलाई हस्तान्तरण गरेको बताइन्छ । यस विद्यालयको स्थापना वि.सं २००४ साल श्रीपञ्चमीका दिन गरिएको हो । त्यस्तै ११ र १२ कक्षाको सञ्चालन वि.सं २०६४ सालमा भएको थियो । काठमाडी जिल्लाको डिल्लीबजारस्थित यो विद्यालयमा करिव १३ रोपनी आफ्नै स्वामित्वको जग्गा छ र तीन वटा भवनहरू रहेका छन्। यी भवनहरूमा शिशु कक्षादेखि कक्षा १२ सम्मको दैनिक पठनपाठन कार्य संचालन भइरहेको छ। यस्तै कक्षा ११ र १२ मा शिक्षा व्यवस्थापन र मानविकी र सिभिल इन्जिनियरिङ संकायका कक्षाहरू बिहान सञ्चालन भइरहेका छन् भने शिशु कक्षादेखि १० कक्षा सम्मका कक्षाहरू दिवा समयमा सञ्चालन भइरहेका छन् । शिशु कक्षादेखि १२ सम्ममा हाल करीब नौसय जना छात्रा अध्ययनरत छन् भने दिवार बिहान गरी ६७ जना शिक्षक कर्मचारीहरू सेवा कार्यमा संलग्न रहिआएका छन् ।
आर्थिक रूपमा विपन्न र अरुको आश्रयमा बस्दा विभिन्न खाले हिंसाको शिकार हुन सक्ने जोखिममा रहेका छावाहरूलाई सुरक्षित रूपमा आश्रय दिनका लागि विद्यालय हातामा नेत्री मंगलादेवी सिंहका नाममा एक आधुनिक छात्रावासको निर्माण कार्य लगभग समाप्त भएको छ सो छात्रावास भारतीय राजदूतावासको आर्थिक सहयोगबाट जिल्ला विकास समितिको प्रत्यक्ष रेखदेखमा निर्माण भइरहेको छ र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लगभग सय जना छात्रा अट्ने यो छात्राबासको निर्माणले समस्यामा परेका थुप्रै छात्राहरूको सुरक्षित थलो हुने विश्वास मैले लिएको छु ।
विद्यालयलाई अन्य निजी विद्यालयहरूको सरह नै पठन पाठन अघि बढाउने सोचका साथ अहिले विद्यालयले नयाँ अभ्यासहरू सुरु गरेको छ जसमा चारवटा त्रैमासिक परीक्षाबाहेक एकाइ परीक्षा लिइरहेका छौं यसका लागि तीन सदस्यीय परीक्षा समिति पनि गठन गरिएको छ । त्यस्तै धेरै विद्यार्थीहरू कमजोर पुष्ठभूमिबाट आएका र विशेषगरी गणित, विज्ञान र अंग्रेजीमा कमजोर रहेकाले दैनिक कक्षाले मात्र उनीहरूको सिकाइस्तरलाई उकास्न कठिन हुन्छ । त्यसैले विद्यालयले हाल कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई विद्यालय समयपश्चात् यी विषयहरूमा अतिरिक्त कक्षा पनि सञ्चालन गरेको छ। त्यस्तै विद्यार्थीहरूलाई शिक्षकले नियमित गृहकार्य दिने व्यवस्था मिलाइएको छ र शिक्षकले गृहकार्य दिएको छ छैन र त्यसको नियमित जाँच गरेको छ छैन भन्ने विषयमा प्रशासनले महिनाको एक चोटि कस चेक गर्ने र [हकार्य गर्ने कपीमा छाप लाउने व्यवस्था पनि मिलाइएको छ । यसबाट विद्यार्थी र शिक्षकमा नियमित
गृहकार्य गर्ने अभ्यास बस्ने छ । बिहानी समयमा दैनिक ६ पिरियड कक्षा सञ्चालन गर्नुका साथै दिवा सत्रमा दैनिक सात पिरियड कक्षा सञ्चालन हुन्छ । साथै विद्यालयमा हाल आठ कक्षासम्म कम्प्युटर विषयको पढाइ भइरहेको र निकट भविष्यमा बाहू कक्षासम्म पढाइने योजना छ । त्यस्तै प्रत्येक हप्ताको एक पटक श्रव्यदृश्य कक्षा सञ्चालन गर्ने गरिएको छ । प्रत्येक कक्षामा स्टार चार्टराखी विद्यार्थीहरूको मुल्याइन गर्ने गरिएको । यस्तै विद्यार्थीहरूलाई भविष्यमा रोजगारीका लागि सजिलो होस् भनी कक्षा ९ देखि सिभिल इन्जिनियरिङ्ग विषयको पढाइ भइरहेको परीक्षा नियन्त्रण कार्यालयले गरेको सर्भेअनुसार नेपाल अधिराज्यभरका सामुदायिक विद्यालयहरूमा कक्षा एघार र बाह्यतर्फ यो विद्यालय दोस्रो श्रेणीमा ल्याउन सफल भएको छ । मलाई लाग्छ, यो पदमकन्या विद्याश्रमको ठुलो सफलता हो । त्यस्तै विद्यालयमा विद्यार्थीहरूको सर्वाशीण विसकाका लागि अतिरिक्त क्रियाकलाप अर्को महत्त्वपूर्ण पक्ष ठानेर विद्यालयले ५ सदस्यीय अतिरिक्त क्रियाकलाप समिति पनि गठन गरिएको छ । विद्यालयको क्यालेन्डरमा वर्षभरि गरिने क्रियाकलापहरूको विवरण राखेका छौं र सोहीअनुसार विद्यालयमा हरेक शुक्रबार २ बजेपछि विभिन्न बादविवाद, हिज्जे, वक्तृत्वकला आदि प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् र विहानी सत्रमा विद्यालयको वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकूद, वादविवाद प्रतियोगिता, हिज्जे आदि हुने गरेको छ । यसबाट बालबालिकाको व्यक्तित्व विकासमा सकारात्मक योगदान पुग्ने विश्वास विद्यालयले लिएको छ । त्यस्तै अन्य संघसंस्थाको सहयोगमा कराते र फुटबलका दक्ष प्रशिक्षकाहरूको व्यवस्था गरी प्रत्येक हप्ता खेलाउने गरेका छौ । विद्यालयमा पढ्न आउने विद्यार्थीहरूका लागि स्वास्थ्यको विचार गर्दै कक्षा ५ सम्मका विद्यार्थीहरूलाई खाजाको व्यवस्था गरेका छौं । विद्यालयमा एउटा नर्स र सुविधा सम्पन्न नर्स कोठाको व्यवस्था गरी छात्राहरुलाई महिनावारी हुँदा स्यानेटरी प्याड निःशुल्क प्रदान गर्ने गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि विभिन्न प्रकारका छात्रवृत्ति पनि उपलब्ध गराउने गरिएको छ । देशकै अग्रणी विद्यालयको रूपमा विकास गर्न यस विद्यालयले विभिन्न अल्पकालीन तथा दीर्घकालीन योजना राखेको छ। विद्यालयमा रहेको छात्रावासमा अधिराज्यभरका छात्राहरूबीच प्रतिस्पर्धा गराई गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई भर्ना गर्ने योजना विद्यालयले राखेको छ। त्यस्तै आजको आवश्यकतालाई ध्यानमा राखी सूचना तथा प्रविधिलाई विशेष ध्यान दिने योजना विद्यालयको रहेको छ । विद्यालयमा मोन्टेस्वरी कक्षालाई अगाडि बढाई प्राथमिक तहमा विद्यार्थी संख्या बढाउने र निजी सरह चलाउने योजना रहेको छ । सो को लागि काम पनि अगाडि बढेको छ । हाल विद्यालयमा रेट्रोफिटिङ्ग कार्य सञ्चालन भईरहेको छ । सो कार्य सम्पन्न भएपछि विद्यालयमा छुट्टै प्राविधिक ब्लक बनाउने योजना विद्यालयको रहेको छ । त्यस्तै सिसि क्यामराको पनि व्यवस्था गरिनेछ । बढी भन्दा बढी कक्षाहरूलाई प्रविधिमैत्री बनाईने छ । त्यस्तै विद्यालयमा अधिकांश फर्निचर पुराना र विद्यार्थीमैत्री नभएकोले पुर्ननिर्माण प्राधिकरणद्वारा नया फर्निचर राख्ने योजना रहेको छ । विद्यालयमा अत्याधुनिक क्यान्टिन बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । विद्यालयको दीर्घकालीन योजनामा र नयाँ विज्ञान भवन बनाउन पहल गर्ने साथै कक्षा ११ मा विज्ञान संकाय थप्ने योजना रहेको छ । छात्राहरू मात्र पढ्ने काठमाडी जिल्लाको मुटुमा रहेको यो विद्याश्रमते वरिपरि रहेका अन्य थुप्रै सरकारी तथा निजी विद्यालयहरूसित प्रतिस्पर्धा गर्दै आफ्नो गतिमा अगाडि बढिरहेको छ । भविष्यमा यो विद्यालय पक्कै पनि समुदायको पहिलो रोजाई बन्नेमा दुई मत छैन ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.