शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र‘बोक्सीको घर’को प्रिमियर शो आयोजना गरिएको छ।
चलचित्रको प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
चलचित्र हेर्न पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरेकी थिइन्। उनले सिनेमा हेरेर महिला वा पुरुषको रूपमा विभाजित गर्नु भन्दा पनि समाजको चेतना स्तर कस्तो छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताइन्।
निर्देशक तथा निर्माता अशोक शर्माले पनि सिनेमाले उठाएको कथावस्तुको प्रशंसा गरेका थिए। उनले यस्तो सिनेमालाई दर्शकको साथको आवश्यक रहेको बताएका छन्।
अभिनेत्री बेनिशा हमाल पनि समाजमा घट्ने विभिन्न घटनामध्येको एउटा तितो यर्थाथलाई टपक्क टिपेर माला जस्तै उनेर सुन्दर सिनेमा निर्माण गरेकोमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी धन्यवाद दिइन्।
प्रिमियरमा सिनेमालाई राम्रो प्रतिक्रिया मिलेको भन्दै दर्शकले पनि सिनेमा रुचाउने विश्वास व्यक्त गरिन्।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ। सिनेमामा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन्।
सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ। लोचन रिजालको ब्याक ग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ। टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ। सिनेमाको बुधबारदेखि नै हलहरुले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन्।