
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले विजयी भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोगमा राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले आयोजक नेपालको राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपाललाई ५–३ गोलले पराजित गरेको छ।
खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काएका छन् । मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समुह नेपालले आयोजना गरेको हो ।
सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको थियो। कार्यक्रम सफल बनाउन प्रिण्टिङ्ग एक्सप्रेस र म नेपाली ब्राण्डले जर्सीबाट सहयोग गरेको थियो भने गोल्ड स्टार सूजले फूटबल जुत्ता , एन्फा एकेडेमीले ग्राउण्ड उपलब्ध गराएको थियो।
त्यस्तै हिमाल हस्पिटलले स्वास्थ्य टीम उपलब्ध गराउँदा नेपाल एरहोस्टेजले स्वयंसेवकको भूमीका निर्वाह गरेको थियो। र्यक्रममा ढाका टोपी प्रज्वल ओझाले सहयोग गर्दा स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारीले पनि साथ दिएका थिए।
