Fast Nepal News

देउवा र पौडेलको मिलनबिन्दु

माधबपौडेल

banner single news

राणा शासनमा राणहरुको सान नै फरक थियो जनताको कुरै छोडौ तत्कालिन राजामहाराजाहरुलाई समेत राणाहरुले बन्धकबनाएका थिए । त्यस्तो शासनकालमा जनताले आफ्नो ईच्छा पुरा गर्न पाउने त कल्पनै नगरेपनि हुन्थ्यो झन् राणाहरुको सान रहेको घोडा चढ्ने कुरालाई कसैले अपनाउन खोज्छ भने त्यसवेलात्यो असम्भव नै थियो । म पनि मान्छे हु मैले पनि राणाहरु जसरी नै घोडा चढ्न पाउनुपर्छ भन्ने सोचको बिकास सगै नेपालमा राणा शासन प्रति वितृष्णा र राणाहरुको थिचोमिचो कारण नै नेपालमा क्रान्तिको विजोरोपण भयो जस्को नामहो नेपालीकांग्रेस ।

राणा शासनको पतनको लागि, पंचायतको समाप्तिको लागि, लोकतन्त्रको स्थापनाको लागि, राजतन्त्रको जरो उखेल्नको लागि, दुईतिहाईभन्दा बढि नेपाली सनातन हिन्दु धर्म मान्ने हुदाहुदै पनि नेपाललाई धर्म निरपेक्षता कायम गराउनको लागि नेपालीकांग्रेसले अग्रभागमा रहेर अतुलनिय योगदान गरेको छ । नेपाली कांग्रेसले व्यवस्था परिवर्तनको लागिअतुलनिय योगदान गरेपनि जनताको नजरमा सधै पहिलो पार्टी बन्न सकिरहेको छैन किन बनेको छैन त सधै पहिलो पार्टी भनेर कांग्रेसका नेताहरुले कहिल्यै बिश्लेषण बिपीको पालादेखि शेरबहादुरको पालामा आईपुग्दा शायदै भएको छ ?

हुन त कोईराला परिवारबाट जन्मेको नेपाली कांग्रेस पार्टीमा किचलो खानदानी रोग नै रहेको छ । नीति र सिद्धान्तको लागि किचलो होईन किपदमाको बस्ने भन्ने किचलो, पार्टी कस्ले हाँक्ने भन्ने किचलो । बलियो जनसर्मथन हुदाहुदै पनिबिपी र मातृका दाजुभाईको किचलोले काग्रेसलाई सकिन सकिन लागेको अवस्थामा पुर्याएको जगजाहेर नै छ, सूवर्ण शमसेरले आर्थिक मलजल नगरेको भए, लौहपुरुष गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराई जस्ता नेताको शालिनता र गिरिजाप्रसाद कोईराला जस्ताको सांगठनिक चतुरता नभएको भएआजका कांग्रेसीहरु शायदै यसरी लड्न पाउनेथिए? सिद्धान्त र नैतिकताको लागि लडेको भए त ठिकै थियो सबैको दाउ नै पार्टी कस्ले कब्जागर्ने रहेको हुदात्यस्ले पार्टीलाई फाईदा पुर्याउने कदापि देखिएको छैन ।

बिपी, मातृका र सुवर्ण शमसेरको तानातान, गणेशमान सिंह र कृष्णप्रसादको पार्टीबाट बाहिरिन बाध्य हुनु पर्दाको पिडा, गिरिजाप्रसाद कोईरालासगको हिसाव किताब नमिलेपछि शेरबहादुर देउवाले पार्टीटुक्रयाएको अवस्थार वर्तमान समयमा महाधिवेशनको हावाचल्दै गर्दा बिशेषगरि शेरबहादुर देउवा र रामचन्द्र पौडेलको घम्साघम्सि कार्यकर्ताले कहिकतै पनि पार्टीको लागि भिडन्त गर्न लागेको देखेका छैनन् ।

शेरबहादुरदेउवाले पार्टी टुक्रयाएको समयमा गिरीजारजाप्रसाद कोईरालाको ललिपपमा भुलेर नेपालीकाग्रेस प्रजातान्त्रिकको पार्टी सभापति हुनबाट बन्चितहुनुभएका सिद्धान्तबादी, नैतिकतावान् नेतापौडेलको एउटै मात्र उद्धेश्य छ कांग्रेस पार्टीको सभापतिहुने र उन्नाईसौ पटक चुनाव लड्दा घाटीमा अड्केको त्यो किलकिलेलाई प्रधानमन्त्रीबनेर पखाल्ने । जीवनको उत्तराद्र्धमा राजनितीबाट सन्यास लिनुभन्दा अगाडि तिअन्तिम ईच्छालाई पुरा गर्न पौडेल जोडतोडले लागि रहनुभएको छ । आफ्नो परिवारबाट उत्तराधिकारी नपाएको हुनाले यति सजिलै राजनितिबाट बिश्रामलिनपनिरामचन्द्र पौडेललाईत्यतिमन लागिरहेको छैन भने अर्कोतर्फ डडेलधुराका शेर पनि“म त ७ पटक प्रधानमन्त्री बन्छु अरे” भनेर यो देश बनाउने भनेको मै मात्रहुँ भनेर कस्सिएर लागिरहनु भएकोछ ।

“गिरीजाप्रसाद कोईरालालाई त साईजमा ल्याउने मान्छे हुँ मअरुलाई सजिलै कहाँ छोड्छु र ?” मनमनै भन्दै आफुलाई शक्तिशालि बनाउन देउवा कहिले सूर्यबहादुर थापा पुत्रलाई पार्टी प्रवेश गराउनु हुन्छत कहिले बिजयकुमारको पार्टीलाई विलय गराउनु हुन्छ । देउवाको एउटै उद्धेश्यछ जसरी हुन्छ आफ्नीधर्मपत्निआरजु राणालाई पार्टी सुम्पने । जस्को छनक देउवाले संघिय चुनावमा उक्त क्षेत्रकै पपुलर व्यक्ति आफ्ना नजिककै नेता पुष्करनाथ ओझालाई टिकट नदिईकन देखाई सक्नुभएको छ ।

देउवा जसरी पनि महाधिवेशनबाट आफु पुनः सभापति बनाउन चाहनुहुन्छ भने पौडेल आफुलाई नैतिकताको कसीबाट हेरेर सभापतिको उमेदवारमा समर्थन गर्न आग्रहगर्दै हुनुहुन्छ । कोईराला परिवारबाट कहिले शेखर कोईराला त कहिले शशांककोईराला, कहिले महेन्द्रनारायण निधीपुत्र बिमलेन्द्र निधी त कहिले गणेशमान सिंह पुत्रप्रकाशमान सिंह र कहिले कृष्णप्रसाद सिटौला , कहिले नुवाकोटे रामशरण महत र अर्जुन नरसिंह केसीहरु महाधिवेशनको तलाउमा ढुगां फ्याकेर गहिराई नाप्नखोजिरहनुभएको छ ।बिमलेन्द्र निधीबाहेक अन्यकाप्रयासहरु बार्गेनिङ्गं हुन् भन्ने कुरालाई नेपालीकांग्रेसका धेरै शुभचिन्तक हरुले राम्ररी बुझेको छन् । बार्गेनिङ्गको लागि महाधिवेशनको तलाउमा ढुगां फ्याकेर जिस्क्याई रहदा नेपालीकांग्रेसका पुरानो पुस्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेलको मिलनहोला त ? नेपालीकांग्रेसका कार्यकर्ताको मनमा यो प्रश्न मडारिरहेको छ ।

Inside Article Ads

राजनितीमा सम्भावनालाई कहिल्यै नकार्न सकिदैन जब स्वार्थहरु मिल्छन् शेरबहादुर देउवा र रामचन्द्र पौडेलको मिलनलाई खास्सै टाढा सोच्नु पनिअन्यथा हुन जान्छ । किनकीदुवै बिचआजसम्म भागवण्डाका राजनिती न चलिरहेको छ । के छ त मिलनबिन्दु १. शेरबहादुर देउवा र रामचन्द्र पौडेलबिच सल्लाहहुनेछ “हामी सिनियरको पदमा टाँस्सिरहने जिजिबिषा हुदाहुदै माथि नामउल्लेख गरिएका केटाकेटीबाट बच्नको लागिमिल्नु नै पर्ने ” त्यस्को लागिदुबैको दावा सभापतिम हुन्छु भन्नेहुनेछ रदुवै एकअर्कालाई छोड्न मन्जुर हुनेछैनन् ।

मिलनबिन्दु नं. २ महाधिवेशनमा माथि उल्लेखित नामहरु एकजुट भएर शेरबहादुर देउवालाई हराउनुपर्छ भनेर रामचन्द्र पौडेलवा दोश्रो व्यक्तिलाई उमेदवार बनाउन लागेको सुईको देउवाले पाएभने रामचन्द्र पौडेललाई आफ्नो तर्फबाट सभापतिको उमेदवार बनाएर विजयी भएपश्चात धर्मपत्निआरजुलाई आर्कषक पदमामनोनित गर्न बाचा गराउन सक्नेछन् । माथीउल्लेखित सबै जना मिल्नसक्ने सम्भावना पनि शुन्यको बराबर रहेको छ किनकी सबैको आआफ्नो ईगो छ र माथीउल्लेखित नामहरुले एकले अर्कोको नाम सुन्नै नसक्ने अवस्थाका पनि रहेका छन् , कतिको त ईगो टकरावको कारण बोलचाल पनि हुनेगरेको छैन ।

साउथव्लक को बढि नै चलखेल हुने भएकोले उनीहरुको ईशारामा सबै मिलेर शेरबहादुर युगको कांग्रेसबाट अन्त गरौ भनेर लागे भने असम्भव भन्ने केहि पनिछैन तर त्यति बेला सबैको साझाउमेदवार रामचन्द्र पौडेल हुन सक्ने कुराको ग्यारेन्टि पनि छैन।अर्को मुख्य कुरा नेपालको राजनितिमा विदेशीहरुको चासो अति नै बढेको हुदा मित्रराष्ट्रखास गरि साउथव्लक शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई खासै विश्वासिला र आफ्नो मान्छे नमान्ने, दुबैकोअझ बिशेषगरि रामचन्द्र पौडेलको साउथ व्लकका हर्ताकर्तासग असाध्यै कमजोरसम्बन्धरहेको हुनाले पनि पछिल्लो समय महेन्द्र नारायण निधीपुत्रबिमलेन्द्र निधीको उमेदवारीले नेपालीकांग्रेसको महाधिवेशनको पूर्वसन्ध्यामा ठुलै तरंग ल्याएको छ । निधीको घोषणालाई मानिसले विभिन्न कोणबाट हेरेका छन् कसैले पुनःउपसभापति पनि नपाउने भएकोले सभापतिको घोषणा बार्गेनिङ्गहो भनेका छन् भने अर्कोथरि बिज्ञहरु जो बिशेष गरि बिदेशी कुटनीतिमा चासो राख्नुहुन्छ वहाँहरुनिधीको घोषणलाईअर्थपुर्ण रुपमालिदै निधीलाई छिमेकी राष्ट्रले अगाडि बढाएको बताउने गर्नुभएको छ ।

पछिल्लो समय नेपालमा कम्युनिष्ट सरकार बनेदेखि अझ बिशेषगरि केपि ओलिको आगमन भए पश्चात नेपालीकांग्रेसले बलियो प्रतिपक्षको भुमिका खेल्न नसकेको र आफ्नो कुरा बलियो राख्ने मान्छे नभेटेको कुरामा मित्रराष्ट्रहरु छटपटाईरहेको कुरा कहिकतै छिपेको छैन । शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाट उक्तकाम हुन नसक्ने आंकलन गरेको साउथव्लकले नेपालीकांग्रेसको महाधिवेशन नजिकिदै गर्दा अहिले पनि मान्छे तयार पार्न सकिएन भने बर्षौसम्म नेपाली राजनितिमा पकड गुम्न सक्छ भन्ने आंकलन गरेको हुनाले पनि बिमलेन्द्र निधिलाई आफ्नो तर्फबाट उमेदवार बनाउन कम्मर कसेर लागेको छ जुन शेरबहादुर देउवा र रामचन्द्र पौडेलको लागि फलाम को च्युरा चपाउनु सरह हुनसक्नेछ ।

यस्तो परिस्थितिमा बुझेर शेरबहादुर देउवा र रामचन्द्र पौडेलको मिलनभयो भने बिशेष गरि रामचन्द्र पौडेलका लागि ठिकै होलानत्र नेपालीकांग्रेसको ईतिहासमा नेपालीकांग्रेसका वरिष्ठ नेता लेखिनेछ भने नेपालको ईतिहासमा पटक पटकप्रधानमन्त्री र पार्टी सभापति बन्नखोज्दा बन्ननसकेका नेपालीकांग्रेसका एउटा नैतिकतावान नेताभनेर लेखिनेछ । शेरबहादुर देउवा त त्यसै चतुर छन् “भएआफु नभए हुने वाला बुहारीकी सासु ।”

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.