Fast Nepal News

आधुनिकपुस्तामा आएको नयाँ सोँचको विकास र चुनाैती

आफ्नो कर्तव्य के हो ?आफ्नो धरातल कुन हो ?थाहा छैन,एकाएक धनी वन्ने सपना मौलाउदै गएको छ

banner single news

−उज्वल खनाल
विश्वव्यापिकरणले आजको युग हिजोको युग भन्दा धेरै हिसाबले फरक छ र फरक हुनु पनि पर्दछ । आधुनिकताको नाममा आधुनिकपुस्ता सवथोक विर्षीएर थोरै मेहनतमा धेरै पैसा कमाउने रहरले गर्दा विकसित देश अनि विकशित देशका डलर,पाउण्ड,यूरो, एन आदिमा सोँच परिवर्तीत भएको पाईन्छ । हिजोको सोँच आजभन्दा भोली,भोली भन्दा पर्सी पुराना हुदै गएका छन् । शैलीहरु र विचारहरु पनि समय सापेक्ष छैनन् । चिन्तन र साँेच प्रक्रियामा फरक पन आएको छ । पढ्ने, लेख्ने र बोल्ने तौर तरिकामा आमूल परिबर्तन भएको छ ।छोराले वावुलाइ गर्ने व्यवहार, वावुले छोरालाइ गर्ने व्यवहार, साथी साथी विचको व्यवहार, श्रीमान श्रीमती विचको व्यवहार आदि । विश्व इतिहासको काल खण्डमा पछिल्लो दुई दशकले दुईहजार बर्ष देखि चलिआएका बिश्वास र मान्यतामा निकै ठुलो हलचल देखाएको छ । ब्यक्तिका मागहरु आधुनीक जीवन शैली सँगै विस्तार भएका छन् साथै अपेक्षाका धरहरहरु पनि चुलिएका छन् । आफ्नो कर्तव्य के हो ?आफ्नो धरातल कुन हो ?थाहा छैन,एकाएक धनी वन्ने सपना मौलाउदै गएको छ । अधिकारवादी चिन्तनले कर्तव्यप्रतिको मूल्यलाई दोश्रो श्रेणिमा फालिदिएको छ । सामुहिकताबाट ब्यक्तिबादि चिन्तनले आधुनकि पुस्ताको वैदेशिक यात्राको गति र मोह तीब्र रुपमा चलेको देखिन्छ । विदेश जानु आफैमा नराम्रो भने होईन यसवाट पनि केही आशालाग्दा र रहर लाग्दा आयामहरु थपिएका छन् । जुन सत्य र सकारात्मक नै छन् ।
प्रविधिले विश्वलाई एउटा गाउँमा मात्र सिमित नगरेर एउटा कोठामा सिमित पारिदिएको छ । प्रविधिले साच्चैनै विश्वमा निकै ठूलो फड्को मारीसकेको छ । आधुनिकपुस्ताले सवैथोक एकैचोटी प्राप्ती गर्न खोजेको छ । मान्छेको ब्यावसायिकताको संस्कार र मान्यता क्रमशःवयस्कतातिर उन्मुख छ ।सुख, संबृदि, शान्ति र सभ्यता एकैचोटी खोजेको छ । कुनै पनि विकसित देशको बिकाशको गतिलाई नियाल्ने हो भने विज्ञान र प्रविधि एउटा महत्वपूर्ण पाटोको रुपमा आउँछ । विकसित राष्ट्रमा राज्यले अध्ययन अनुसन्धानकालागि ठुलो लगानी गरेका हुन्छन् । तर हामी कुन अवस्थामा छौ यो तुलनाको विषय होईन । तर प्रस्ट छ हामी यो क्षेत्रमा धेरै पछि छौं । शताव्दियौं पछि ।। यसको अर्थ यो पनि होईन हमीकमजोर छौं हामीलाई त सासक वर्गले कमजोर वनाई दिएको छ देश भन्दा जनता धनी भएको देश हाम्रो । तेसोत नेपालीहरु सँग सामथ्र्य नभएको भने होईन तर मुलुकमा अवसर शुन्य छ । लगानीका मार्गहरु शुन्य छन् । हामीले इतिहासमा रचेका संरचनाहरु, जुन प्राविधिक रुपमा अत्यन्तै बैज्ञानिक छन् त्यसकै प्रतिलिपि समेत वनाउन सकेका छैनौ । त्यस भित्र रहेका गहन रहस्यहरु समेत बुझ्न सकेका छैनौं । हामीले हाम्रा शैली र परम्पराहरु विर्षदै गएका छौं आधुनिकताका नाममा । यो नेपालीहरुकोे कमजोरी हो वा भनौ राज्यकै कमजोरी हो , प्रश्न जटील वन्दै गईरहेको छ । तर मुलुक हाक्नेहरुमा यस्ता कुराहरुको चेतना भईदियो भने केहि हद सम्महामी र हाम्रा पिढीले केहि सुविस्ता पाउने थिएकी ?
अन्तराष्ट्रिय क्षेत्रमा चर्चा कमाईरहेका र अव्वलबन्दै गईरहेका नेपाली प्रतिभाहरुको उदाहरण प्रसस्तै छन् । ती प्रतिभाहरु मुलुकमा किन रहन सकेनन् ?,उनीहरुको क्षेमतालाई मुलुकले किनउपयोग गर्न सकेन?, यी प्रश्न गम्भीर सोचको विषयवन्दै गएको छ । अझ कटाक्ष्य गर्दै भनिन्छ उनीहरु नेपाल बाटै पलायन भएका हुन् । के उनीहरुमा देश प्रतीमाया र जिम्वेवारी नै छैन त ? के उनीहरु राष्ट्रप्रती उत्तरदायी नभएकै हुन् त ? वर्षेनी लाखौ युवाहरुले देश छाड्छन् कोहि श्रम गर्न खाडी मुलुकतिर त कोहि उच्च शिक्षाकालागि युरोप वा अमेरिका सम्म । उनीहरुको उद्देश्य हुन्छ आर्थिक सम्वृद्धि र उच्च ज्ञान हासिलगर्ने । यो लेखकलाई यस्तो लाग्छ, देशको कमजोर आर्थिक अवस्था, अवसरको अभावमा उनीहरु विदेशीएका हन् तर विदेशिनु रहर होईन वाध्यता हो अनी आधुनीक यूवापुस्ताको सपना हो जुन विदेशले साकार पारीदीएको छ । तीतो यथार्थ यो पनि होकी खाडी मुलुकको परिश्रमले धेरै हदसम्महाम्रो मुलुकको अर्थतन्त्र धानीदिएको पनि छ । र यो पनि सत्य हो कि असंख्य दक्ष जनशक्ति मुलुक वाहिर नै रहेका छन् । मुलुकमा एक थरी यस्ता मानिसको जमातपनि छ कि जो दक्ष जनशक्तिको प्रवेश नै रुचाउदैनन् किनभने आफ्नो भाग र हालीमुहालीको सत्ता, शक्ति खोसिने डर छ उनीहरुमा ।
हामीकहाँ यस्तो परम्पराले डेरा जमाईसक्यो कि जो चलाख छ कलेजको प्रारम्भिक चरण पुरा नगर्दै मुलुक छाड्छ । यस्तो जनशक्ति मुलुकको आशालाग्दो भविस्य पनि हो । दोस्रो जनशक्ति मुलुकमै उच्चशिक्षा लिन्छ, तर अस्थिर राजनीति,अवसरको अभाव र विग्रदो वातावरणले निरास भएर मुलुक छाड्न वाध्य हुन्छ । अन्ततःनिस्किृय जनशक्ति र केहि देश प्रेमि र देशमै अवसर पाएकाहरु, कम मेहनतमा विश्वास गरी अवसरको तालाचावी आफैसँग राखेको हुन्छ उहिनै सक्रीय विज्ञ वन्छ र मुलुकको नेतृत्वकर्ता पनि ऊ आफैं नै वन्छ । अर्को एक जमात जो आर्थीक रुपमा मजवुत छ ,मुलुकको विकासमा सहभागीहुन चाहन्छ तर उसको लगानीमा ¥याल काड्नेहरु,फितलो सरकारी नीति, ढीलासुस्तीले लगानीमा असुरक्षाहुने देखे पछि उनीहरुमा पनि निस्कृयता देखीएको छ । र ,निरास भएर उनीहरु मौन रहन्छन् कि पलायन हुन पुग्छन् ।
आर्थीक सम्प्रभुता समाजको प्रतिष्ठित नागरिकको हैसियत बनिसकेको छ । रुपैयाँ जो सँग छ ऊ नै समाजको सभ्य र प्रतिष्ठित नागरिक वन्ने भयो, टिकट उसैले पाउने भयो,चुनाव उसैले जित्ने भयो र उ नै देशको नेता वन्ने भयो । यसैले पहिले ज्ञान र दक्षता हासिलतर्फ उत्प्रेरण गर्नुको साँटो युवावर्गलाई पैसा मुखी वनाउन हाम्रै परिवार र समाजले भुमिका खेलेको छ ।
विद्यालय होस् वा विश्वविद्यालय नै किन नहोस् गुरु र चेलाहरु विचहुने व्यवहारीक नाता पनि कमजोर नै देखिन्छ, त्यसमापनि यि दुई विच आदर र मान सम्मानको सम्वन्ध निमिट्यान्न प्राय भएको छ । पुरानो पुस्ता अहिले पनि आफुलाई ज्ञान दिने गुरुहरु प्रति सद्भाव राख्दछ तर आधुनिक पुस्ता ठिक उल्टो छ , न देशमा कुनै व्यवसायिक नैतिकता मजवुत छ, न त पेशाप्रति ईमान्दारीता नै छ केहि पूस्ताहरु वाहेक सवै ठगेरै खाने जमात छ याहाँ । त्यसैले याहाँ अध्ययन र अनुसन्धानको माहोल नाजुकवन्दै गईरहेको छ । प्रयोगात्मक ज्ञान त परै जाओस् शैद्धान्तिक ज्ञान पनि पुरातन छ । यसको कारक तत्व भनेको आर्थीक अभाव, कुसल नेतृत्वको अभाव, राजनीतिको खराव प्रयोग,अनुसासनहिनता,विकृत वातावरण, पेशाप्रतिको वेईमानीआदि नै मुल जड हुन् ।
वैशाख १२ को भुकम्प अनी अन्य प्राकृतिक विपत्तिले देश तहस नहस वनाएको अवस्था छ , वर्षै विति सक्दापनि सरकार पुर्ननिर्माण र जनतालाई राहत दीन कन्जुस्याई गरिरहेको छ । विपत्ति पिडित नेपाली जनताहरुले अझै वेवस्थित वसाई पाएका छैनन् र पिडितले पैसा पाएका छैनन् । हाल कोभिड १९ का कारण विश्व अर्थतन्त्रमा ठुलो असर परेको छ यसमा नेपाल पनि अछुतो रहन सकेन । तर यो जटिल परिस्थितीमा हातेमालो गरेर मुलुकको पुनःनिर्माण,राहत,उपचार र उद्धारमा जुट्नु पर्ने वेलामा राजनीतिक खिचातानीमा देश फसेको देख्दा नेपाली राजनीतिको विश्व समुदायमा कस्तो सन्देश गईरहेको होला मुलुक हाँक्नेहरुप्रती यो लेखकको प्रश्न?
नेपाल एक भुपरिव्यष्ठीत् राष्ट्र हो । जल, स्थल र हिमालय क्षेत्रमा प्रकोपको निरन्तर प्रकृया चलिनै रहेको छ । चलिनै रहन्छ पनि । जे पर्ला त्यहि टर्ला भनेर वस्ने वेलापनि होईन । यसको वैज्ञानिक रुपमा पुर्व तयारी आवस्यक छ । कोभिड १९ नेपाल भित्रनु पुर्व तयारी नहुदा आज तयारी विनाको फल हामीले भोगीरहेका छौ र अव कहिले सम्म अकाल जीवनको मृत्युको पर्खाईमा वसिरने ?
अन्ततःमुलुकमा भएका अवसर र लगानीलाई प्राथमिकतामा राखेर अर्थतन्त्र वलीयो वनाई वेरोजगारीलाई रोजगारी दिलाई एकपटक मुलुकवाहिर रहेका दक्ष जनशक्तिलाई भित्राउने प्रयत्न गरी उनीहरुको दक्षता र क्षेमता अनुसार राष्ट्रमै रहन सक्ने वातावरण मिलाउन सके मुलुक नयाँ गतिमा अगाडि वढ्न सक्छ यसमा मुलुक हाँक्ने नेतृत्वकर्ताहरुले गम्भीर भएर सोच्ने वेला आएको छ ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.