Fast Nepal News

नेशनल पेमेन्ट स्वीच’को पहिलो चरणः अन्तरवालेट कारोबारलाई जोड्ने तयारीख

banner single news

काठमाडौं – चैत २५

काठमाडौं, नेशनल पेमेन्ट स्वीच (राष्ट्रिय भुक्तानी स्वीच) बाट पहिलो चरणमा अन्तरवालेट कारोबारलाई जोड्ने तयारी भएको छ । हाल ग्राहकले एउटा वालेटबाट अर्को वालेटमा सीधै कारोबार गर्न नसक्ने भएकाले यसलाई प्रत्यक्ष जोड्न अन्तर वालेट कारोबार गर्न लागेको नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल०ले बताएको छ । यसबाट जुनसुकै वालेटबाट देशभित्र दोहोरो भुक्तानी गर्न मिल्नेछ ।

केन्द्रीय बैंकले स्वीच स्थापना गर्न एनसीएचएललाई जिम्मा दिएपछि विभिन्न चरणमा प्राविधिक तथा वित्तीय विश्लेषण गरिसकेको छ । पहिलो चरणमा भुक्तानी स्वीचले क्यूआर कोड (क्वीक रेस्पोन्स), वालेट, कनेक्ट आईपीएसजस्ता ननकार्ड सेक्सनका डिजिटल भुक्तानीका लागि अन्तरकारोबारमा जोड्ने गरी काम गरिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।

उनका अनुसार सम्भवतः आउँदो वैशाख–जेठसम्ममा कार्डबाहेक वालेटजस्ता नन कार्डको डिजिटल भुक्तानी गर्ने काम शुरू हुन सक्छ,’ उनले अभियानसँग भने, ‘डेविट तथा क्रेडिट कार्ड स्वाप गरेर पोइन्ट अफ सेल्स ९पस० मेशिनबाट भुक्तानी गर्ने, एटीएममबाट नगद झिक्न प्रयोग हुनेजस्ता कार्ड सेक्सनमार्पmत कारोबारका लागि भने दोस्रो चरणमा स्वीच बनाउने तयारी छ ।’

Inside Article Ads

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमान सिंह प्रधान भने पेमेन्ट स्वीच ठूलो परियोजना भएकाले समय लाग्ने बताउँछन् । अहिले कार्डबाहेकका डिजिटल भुक्तानीलाई स्वीचसँग जोड्ने काम गरिरहेको उनले जानकारी दिए ।

‘हाम्रो टीमले अहिले अन्तर वालेट कारोबार गर्नका लागि कार्यविधि, पूर्वाधार र सफ्टवेयर बनाउँदै छ । सबै वालेटमा प्रयोग हुने प्रणाली पनि बन्नुपर्ने भएकाले यसै काममा लागिपरेका छौं,’ उनले भने ।

हाल २८ ओटा भुक्तानी सेवाप्रदायक संस्था राष्ट्र बैंकमा दर्ता छन् । यो व्यवस्था आएपछि अन्तर वालेट फन्ड ट्रान्सफर गर्न सकिन्छ । ‘अहिले कुनै एउटा वालेटमा ग्राहकले राखेको रकम ९ब्यालेन्स० अर्को वालेटमा सीधै पठाउन सकिँदैन । यसरी गरेको ट्रान्सफरमा केही शुल्क लाग्छ । बैंकको खातामा राखेर फेरि त्यहाँबाट ट्रान्सफर गर्दा पनि शुल्क तिर्नुपर्छ । तर, भुक्तानी स्वीच सञ्चालनमा आएपछि एउटा वालेटबाट अर्को वालेटमा सीधै रकमान्तर गर्न सकिन्छ,’ सीईओ प्रधानले अभियानसँग भने, ‘कारोबार रकमको सीमा भने हाल राष्ट्र बैंकले तोकेअनुसार रहनेछ । आर्थिक अभियान दैनिकबाट

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.