
शुक्रबार बजारमा सुनको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला सात सय रुपैयाँले बढेको छ ।
बिहीवार प्रतितोला एक लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ३९ हजार तीन सय रुपैयाँ मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन बिहीवार तोलामा एक लाख ३७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार एक लाख ३८ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ ।
बिहीवार प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको छ ।