Fast Nepal News

नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ

banner single news

काठमाण्डौं । उर्मिला श्रेष्ठ नेपाल महिला चेम्बरको अध्यक्षमा चयन हुनुभएको छ। कमलेश अग्रवाल नेतृत्वको नेपाल चेम्बर अफ कमर्शले बुधबार उहाँलाई पुन: सो जिम्मेवारी दिएको हो । श्रेष्ठ नेपाल महिला चेम्बरको अघिल्लो कार्यसमितीको समेत अध्यक्ष हुनुहुन्थ्यो ।
नेपाल महिला चेम्बरलाई गतिशिल बनाई देशमा महिला उद्यमशिलता प्रबर्द्धन गर्ने सवालमा श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउदै आउनु भएको छ । उहाँको अघिल्ला नेतृत्वकाल निकै सफल मानिन्छ ।

उर्मिला श्रेष्ठको परिचय

उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष हुनुहुन्छ । हालसालै मात्र सम्पन्न चेम्बरको ७३ औ साधारण सभाले उहाँलाई चेम्बरको उपाध्यक्षमा निर्वाचित गरेको थियो । यस अघि उहाँ ७० औं साधारण सभाबाट उपाध्यक्ष र नेपाल चेम्बरको कार्यकारीणी सदस्य हुनुहुन्थ्यो । उर्मिला श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको ७० बर्षको ईतिहासमै पहिलो पटक महिला मध्येमा प्रथम पटक उपाध्यक्ष जस्तो उच्च मुकाममा पुग्न सफल हुँदै ईतिहास रच्न समेत सफल हुनुभएको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुख अर्थात सिईओ समेत रहेकी श्रेष्ठ आँफैमा एक सफल नारी पनि हुनुहुन्छ । साल्ट ट्रेडिङलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आउनुभएकी श्रेष्ठले पछिल्लो समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्दै आउनु भएका ेथियो । तसर्थ नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा उर्मिला श्रेष्ठको नाम अग्रपंतीमा आउने गर्दछ ।

सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल व्यक्तित्व हुनुहुन्छ । त्यसो त व्यापारिक पृष्‍ठभुमी बोकेको नेवार कुलमा जन्मिएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय ईश्वर लाल श्रेष्ठकी सुपुत्री हुन । पिताजीको पद्चापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै अब्बलता प्रस्तुत गर्दै आउनु भएको छ ।

Inside Article Ads

बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याउदै आएको थियो र छ । त्यसो त, श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएको छ । बौद्धिक जागरण जस्ता स्वाधिन र समाज प्रेरित कार्यमा समेत उहाँ निकै सकृय हुनुहुन्छ ।

राजनीति, व्यवसाय र समाजसेवाको त्रिवेणी मानिने पिता र काका पुस्ता इश्वरलाल, माणिकलाल तथा आमा र काकी पद्मादेवी, सिलु श्रेष्ठ पुस्ताको ‘लिगेसी’ अर्थात बिडो थाम्दै अब्बल कार्यकौशलता प्रस्तुत गर्दै आउनुभएकी उर्मिला श्रेष्ठ समकालिक समयकी एक प्रभावशाली नारीमा गनिनुहुन्छ ।

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.