Fast Nepal News

नेपाल-श्रीलंका चेम्बरको वरिष्ठ उपाध्यक्षमा प्रदीप लाल श्रेष्ठ निर्वचित

banner single news

काठमाडौं। नेपाल-श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको वरिष्ठ उपाध्यक्षमा उद्योगपति एवं व्यवसायी प्रदीप लाल श्रेष्ठ निर्वाचित भएका छन्।  नेपाल-श्रीलंका चेम्बरको २०औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो।

व्यावसायिक तथा संस्थागत क्षेत्रमा लामो अनुभव हासिल गरेका श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्षसमेत हुन्। उनी साल्ट ट्रेडिङको सञ्चालकका रूपमा काम गरिसकेपछि अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्। यसअघि उनले मोरङ सुगर मिल्सको सञ्चालक समितिको अध्यक्षका रूपमा समेत कार्यभार समालेका छन् । त्यसो त उनी नेपाल चेम्बर अफ कमर्स लगायतका संघ संस्थामा आबद्ध रहदै आएका पनि छन् ।

वरिष्ठ उपाध्यक्षमा निर्वाचित  भएका श्रेष्ठले नेपाल-श्रीलंका चेम्बरमार्फत दुई देशबीचको व्यापारिक सम्पर्क, व्यवसायीबीच सहकार्य, बजार विस्तार तथा निजी क्षेत्रको सहभागितालाई थप मजबुत बनाउने दिशामा आफुसहित मुल नेतृत्व र सम्पुर्ण टिम अघि बढने बताए ।

नेपाल र श्रीलंकाबीच व्यापारिक सम्बन्ध विस्तारका लागि व्यापार मेला, प्रदर्शनी, व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदान तथा बीटुबी संवादलाई प्रभावकारी बनाईनु पर्ने उनको धारणा छ ।

कार्यक्रम श्रीलंकाकि राजदूत रुवान्थी डेल्पिटियाको प्रमुख आतिथ्यतामा भएको थियो ।

Inside Article Ads

नेपाल-श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ साधारणसभाले नरेन्द्र बल्लभ पन्तलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ। राजेश काजी श्रेष्ठलाई मानार्थ सदस्यका रूपमा सम्मान गरिएको छ भने विजयबहादुर श्रेष्ठलाई निवर्तमान अध्यक्ष (इमिडिएट पास्ट प्रेसिडेन्ट) को जिम्मेवारी दिइएको छ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप लाल श्रेष्ठ तथा उपाध्यक्षमा चंकी छेत्री र सुदेश उपाध्याय निर्वाचित भएका छन्। त्यसैगरी, शिवांगी शाह महासचिव, अभिषेक अग्रवाल कोषाध्यक्ष तथा मनिष राजभण्डारी र सुनिता सिंह सचिवमा निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा राजेश शाक्य, धिरज कार्की, सुमन श्रेष्ठ, रञ्जन खड्का, रश्मि जोशी, सुधीर अग्रवाल, विवेक झा, सुमेध शाक्य, रिकेन महर्जन र नवराज बजगाई चयन भएका छन्। जय देवान र डा. हरिलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।

साधारणसभाका अवसरमा नेपाल-श्रीलंका व्यापार, पर्यटन तथा व्यावसायिक सम्बन्धमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। राजेश काजी श्रेष्ठलाई आउटस्ट्यान्डिङ सपोर्ट अनर, जय देवानलाई टुरिजम एक्सिलेन्स अवार्ड तथा चंकी छेत्रीलाई बिजनेस एन्ड ट्रेड एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो।

Visited 41 times, 41 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.