
साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
सोमबार बजार १५।४१ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन बजार १२।२९ अंकले बढेर १९८४ को विन्दुमा कायम भएको थियो ।
आज नेप्सेमा कारोबार भएको ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ । उक्त दिन दोल्ती पावर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७।३७ प्रतिशतले घटेको छ । त्यसैगरी एनआइसी एशिया लघुवित्तको ७।२४ प्रतिशत, हिमालयन लघुवित्तको ४।७४ प्रतिशत, मोलुङ हाइड्रोपावरको ४।२५ प्रतिशत, श्रीजनशील लघुवित्तको ४।२५ प्रतिशतले सेयरमूल्य घटेको छ ।
आज सबैभन्दा बढी गुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड ४७ लाख ५४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको १० करोड १० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख ६९ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ४ करोड ८९ लाख ५ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६८ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।