२७ चैत,पोखरा – करिश्मा कार्कीले डब्लूबीसी मुवाँथाई नेसनल वुमेन इम्पावरमेन्ट च्याम्पियनसिपको उपाधि जितेकी छन् । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउन्डमा पराजित गर्दै करिश्माले फ्लाइवेट विधामा उपाधि जितेकी हुन् ।
सुपरलाइट विधामा भारतका लव कुमारले नेपालका विकास गुरुङलाई हराए भने सुपर फेदरवेटमा सन्तोष कुमार लामाले ज्ञानेन्द्र सिंहमाथि जित पाए ।
इलाइट एमेच्योरतर्फ आयुष गुरुङले छिरिङ पाल्देन शेर्पा, मिलन तामाङले रोहित कायत, रजिना विष्टले सुष्मा चौधरी, रमित महर्जनले जेन्जी राई, प्रशान्त तामाङले प्रिन्स गुरुङ, अमृत गुरुङले अनिश रेग्मी र रोशन घलेले सन्दीप काप्रीलाई पराजित गरेका थिए ।
पोखराको प्रर्दशनी केन्द्रमा भएको १० फाइट समावेश प्रतियोगितामा २० बढी जिल्लाका खेलाडीले भाग लिएको संघका अध्यक्ष राजु राईले बताए ।
समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।