Fast Nepal News

नेपालले तेस्रो टी २० खेलमा पहिला फिल्डिङ गर्दै

banner single news

नेपालले तेस्रो टी २० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।

Inside Article Ads

आज नेपालको प्लेइङ ११ मा लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी समावेश रहेका छन् ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.