Fast Nepal News

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

banner single news

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरुकाठमाडौं ।नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी ९ टिमका ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पहिलो दिन पुरुष ७० केजीमा आर्मीका विकास गुरुङ, आईकेओका अमित महर्जन, एपीएफका अजय तामाङ, क्योकुसिन वज्रका विशाल सुनुवार, केडब्लुडब्लुका सरोज श्रेष्ठ, क्योकुसिन कानका रविन्द्र बुढाथोकी, सो क्योकुसिनका सागर श्रेष्ठ र एपीएफका पेम्बा छिरिङ तामाङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष ५० केजीमा एपीएफका सुनिल तामाङ, क्योकुसिन वज्रका विज्ञान तोलङगे, आईकेकेएफका सुशिल अधिकारी, आईकेओका दिपेन्द्र रोकाय, क्योकुसिन वज्रका हेमन्त बस्नेत, आईकेएका अनिल लोहार, आईकेकेएफका सुजन तामाङ र क्योकुसिन वज्रका सुसन लामा क्वाटरफाइनलमा पुगे ।
महिला खुलामा आर्मीकी अनुपा नेपाली, एपीएफ रिना माझी, क्योकुसिन वज्रकी गायत्री रोका, एपीएफकी सुमित्रा आले, एपीएफकी अनिशा तामाङ, आर्मीकी सपना आले, आर्मीकी अप्सरा कुमाल र क्योकुसिन बुदोकी कविता मोक्तान क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।
पुरुष÷महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

Inside Article Ads
Visited 49 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.