Fast Nepal News

डब्लूबीसी मुवाँथाईमा करिश्मा च्याम्पियन

banner single news

२७ चैत,पोखरा – करिश्मा कार्कीले डब्लूबीसी मुवाँथाई नेसनल वुमेन इम्पावरमेन्ट च्याम्पियनसिपको उपाधि जितेकी छन् । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउन्डमा पराजित गर्दै करिश्माले फ्लाइवेट विधामा उपाधि जितेकी हुन् ।

प्रतियोगिताकै मुख्य आकर्षणको रूपमा रहेको फ्लाइवेटमा करिश्मा र रिनाले प्रतिस्पर्धा गरेका थिए । करिश्माले बेल्टसहित ८० हजार पुरस्कार जितिन् ।
Inside Article Ads

सुपरलाइट विधामा भारतका लव कुमारले नेपालका विकास गुरुङलाई हराए भने सुपर फेदरवेटमा सन्तोष कुमार लामाले ज्ञानेन्द्र सिंहमाथि जित पाए ।

इलाइट एमेच्योरतर्फ आयुष गुरुङले छिरिङ पाल्देन शेर्पा, मिलन तामाङले रोहित कायत, रजिना विष्टले सुष्मा चौधरी, रमित महर्जनले जेन्जी राई, प्रशान्त तामाङले प्रिन्स गुरुङ, अमृत गुरुङले अनिश रेग्मी र रोशन घलेले सन्दीप काप्रीलाई पराजित गरेका थिए ।

पोखराको प्रर्दशनी केन्द्रमा भएको १० फाइट समावेश प्रतियोगितामा २० बढी जिल्लाका खेलाडीले भाग लिएको संघका अध्यक्ष राजु राईले बताए ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.