
टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ ।
जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सकेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डि ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो। उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाएका थिए। उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिएका थिए
।
