Fast Nepal News

मन्त्रिपरिषदले स्वीकृति दियाे जीटूजीमार्फत सोझै मल किन्न सकिने

banner single news

२४ मंसिर, काठमाडौं । ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति सरकारले बंगालदेशसँग सरकारी स्तर (जीटूजी) प्रक्रियाबाट दिने निर्णय गरेको छ ।

कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबाट उब्जेको अन्योल अब भने हटेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरिबहादुर केसीले बताए । १७ मंसिरको मन्त्रिपरिषद्को पछिल्लो निर्णयपछि जीटूजीमार्फत ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न सहज हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
‘पहिलेको निर्णयमा प्रष्टता थिएन, अहिले स्पष्ट भएको छ, अब मल खरिद प्रक्रिया थाल्न सहज हुन्छ,’ प्रवक्ता केसीले भने ।मूल्यमा समझदारी भए ढुवानीका लागि यसअघिनै ठेक्का सम्झौता भइसकेको कम्पनीमार्फत मल आयात थालिने प्रवक्ता केसीको भनाइ छ ।

Inside Article Ads

मन्त्रिपरिषद्को निर्णयपछि अब कृषि सामाग्री कम्पनी लिमिटेडले बंगालदेशको सरकारी कम्पनीसँग मल खरिदका लागि मूल्य माग्ने काम सुरु हुने मन्त्रालयले जनाएको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.