Fast Nepal News

आज नारायणहिटीमा शक्ति प्रदर्शन गर्दै,ओली समुह

banner single news
काठमाडौं,२३ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ ।

 

यसअघि प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि जवाफिमा ओली समूहले आज प्रदर्शनसहित नारायणहिटी अगाडि आमसभा गर्नने भएके छ ।

ओली समूहले शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं ल्याउदौ छन् । आजको सभामा लगभग ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन् ।

उक्त सभालाई कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा गरिनेछ ।

प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा २ टुक्रामा बिभाजित भएको छ । त्यसलगतै दुवै समूहले सडक प्रदर्शन र भेलालाई तीव्र बनाएका छन् ।

पछिल्लो समय संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा नियुक्ति गरेपछि बिहीबार प्रचण्ड-माधव समूहले आम हड्ताल  संगै चर्काे बराेध गरेको थियो ।

 

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.