
सातबिसे बजार, लमजुङ
लमजुङको राइनास नगरपालिका वडा नं. १० निवासी तेजे गुरुङको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै राइनास नगरपालिका वडा नं. ४ स्थित चक्रतीर्थ युवा क्लबको तर्फबाट श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ।
सातबिसे बजारमा आयोजित उक्त कार्यक्रममा दिवंगत तेजे गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो।
क्लबको तर्फबाट दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकको यस दुःखद घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको थियो।
दिवंगत तेजे गुरुङप्रति हार्दिक श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।
