Fast Nepal News

नेपाली व्यवसायीक प्रतिष्ठान माथि मुद्दा हाल्ने धन्दा गर्नेकै विदेशमा गैरकानुनी लगानी

banner single news

 

काठमाडौं । नेपालका विभिन्न व्यावसायिक प्रतिष्ठानविरुद्ध कानुनी प्रक्रिया अघि बढाउँदै आएका भेषराज लुइँटेलको भारतका तीन निजी कम्पनीमा रहेको व्यावसायिक आबद्धता रहेको भेटिएको छ । सार्वजनिक सरोकारका विषयमा सर्वोच्च अदालतमा रिट दायर गर्ने नाममा नेपालका प्रतिष्ठित व्यवसायीक प्रतिष्ठान माथी लान्छना लगाउदै आएका लुइँटेल स्वयंको व्यावसायिक तथा आर्थिक गतिविधि भने पारदर्शी देखिदैन ।

भारतको कम्पनी मामिला मन्त्रालय (Ministry of Corporate Affair – MCA) अन्तर्गतका कर्पोरेट अभिलेखसम्बन्धी विवरण प्रकाशित गर्ने वेबसाइट Zauba Corp मा उपलब्ध जानकारीअनुसार लुइँटेलको Director Identification Number (DIN) 06457006 रहेको छ। उक्त विवरणमा उनी भारतका तीन निजी कम्पनीसँग निर्देशकका रूपमा आबद्ध रहेको उल्लेख छ।

अभिलेखअनुसार लुइँटेल GM Handicrafts Private Limited मा ७ जनवरी २०१४, Global Mountain Solutions Private Limited मा ६ डिसेम्बर २०१३ र Sambriddhi Marketing Private Limited मा ३० मे २०१६ देखि निर्देशकका रूपमा आबद्ध भएको देखिन्छ।

नेपालको कानुनी व्यवस्थाले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको अवस्थामा यी कम्पनीमा उनको आबद्धताको प्रकृति, लगानीको स्रोत र लगानीसम्बनधमा सरकारी निकायले आवश्यक अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

नेपालका ठूला व्यावसायिक प्रतिष्ठानसँग विवाद
पाल्पाको साविक मदनपोखरा गाविस–१ घर भई हाल ललितपुरमा बसोबास गर्दै आएका लुइँटेलले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुलाई मुद्धा हालेर कमाउ धन्दा चलाउदै आएको बुझिएको छ ।

एभरेस्ट होटल, हायात रिजेन्सी होटल, डोल्मा इम्प्याक्ट फन्ड, एनसेल आजियाटा र कालिञ्चोक केवलकारलगायत प्रतिष्ठानसँग सम्बन्धित विषयमा मुद्धा उठाएर आफनो दुनो सोझ्याउन उनले पासा फाल्दै आएको बताईन्छ ।

लुइँटेलले सर्वोच्च अदालतमा १० भन्दा बढी रिट निवेदन दायर गरेको भेटिन्छ । डोल्मा इम्प्याक्ट फन्डलाई दिइएको कर छुटसम्बन्धी निर्णयविरुद्ध पनि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

Inside Article Ads

सरकारी निकायमा पहुँचबारे पनि चर्चा
लुइँटेलको सिंहदरबार आवतजावत, विभिन्न मन्त्रालयका उच्चपदस्थ कर्मचारीसँगको भेटघाट र सरकारी अधिकारीहरूसँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुने गरेको विषय पनि चर्चामा छ।

पूर्वमुख्यसचिव शंकरदास बैरागीसहित विभिन्न सरकारी अधिकारीसँगको सम्बन्ध र निकटताबारे उनले गर्ने सार्वजनिक चर्चालाई लिएर पनि प्रश्न उठ्ने गरेको छ। सरकारी निकायमा नागरिकको पहुँच हुनु अस्वाभाविक होइन। तर, त्यस्तो पहुँचलाई व्यावसायिक वा व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिएको हो कि होइन भन्ने विषय पारदर्शिता र जवाफदेहितासँग जोडिन्छ।

रकम लेनदेन र चेक बाउन्ससम्बन्धी पुरानो विवाद
लुइँटेलसँग जोडिएको अर्को विषय रकम लेनदेन तथा चेक बाउन्ससम्बन्धी विवाद हो। ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणाकी छोरी ज्योत्सना सिंहले उनीविरुद्ध रकम लेनदेन तथा चेक बाउन्ससम्बन्धी उजुरी दिएको बताइएको छ।

यस प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट फैसला भएको र त्यसपछि पुनरावेदन प्रक्रिया अघि बढेको विवरण सार्वजनिक भएको छ। उक्त मुद्दाको वास्तविक अवस्था, फैसलाको पूर्णपाठ र पुनरावेदनको अन्तिम परिणाम अदालतको आधिकारिक अभिलेखबाट पुष्टि हुन आवश्यक छ।

विदेशमा लगानी र अनुसन्धान
नेपालमा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ लागू छ। उक्त ऐनले सामान्यतया नेपाली नागरिकलाई नेपालबाट रकम लगेर विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको छ। विदेशमा घरजग्गा खरिद गर्ने, विदेशी कम्पनीको सेयरमा लगानी गर्ने वा विदेशमा कम्पनी स्थापना गर्ने जस्ता कार्य यससम्बन्धी कानुनी व्यवस्थाको दायरामा पर्छ ।

यस सन्दर्भमा भारतमा लुइँटेलको नाममा देखिएका कम्पनीहरूको स्वामित्व संरचना, सेयर लगानी, पुँजीको स्रोत, कम्पनीमा उनको वास्तविक भूमिका र नेपालबाट कुनै रकम पठाइएको थियो वा थिएन भन्ने विषय अनुसन्धानको विषय हो । नेपालका सम्बन्धित सरकारी निकायले यस विषयमा कानुनी पक्षको परीक्षण गर्न आवश्यक देखिन्छ ।

Visited 2 times, 2 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.