Fast Nepal News

भाइब्रेन्ट गोवा सम्मेलनमा चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

banner single news

काठमाण्डौ, कार्तिक १५ । ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा नेपालबाट नेपाल चेम्बर अफ कमर्सका तर्फबाट व्यापारीक प्रतिनिधिमण्डलले सहभागीता जनाएको छ । चेम्बरको तर्फबाट उक्त व्यापारीक प्रतिनिधिमण्डलको नेतृत्व लुम्बिनी चेम्बरका अध्यक्ष टंकप्रसाद पोखरेलले गरेका थिए । जसमा विभिन्न व्यावसायिक क्षेत्रका १९ जनाको प्रतिनिधिमण्डल सहभागी थियो । सम्मेलनका क्रममा नेपाली टोलीले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन तथा लगानीका सम्भावनाबारे विभिन्न पक्षसँग छलफल गरेको छ ।
गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँगको भेटवार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्यसँगै लुम्बिनी–गोवा पर्यटन सर्किट र पोखरा–गोवा पर्यटन साझेदारीको सम्भावनाबारे प्रस्ताव राखिएको नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष पोखरेलले बताए ।
भेटका अवसरमा मुख्यमन्त्री डा.सावन्तले गोवालाई लगानीमैत्री र व्यावसायिक गतिविधिका लागि सहज गन्तव्य बनाउने राज्य सरकारको प्राथमिकता रहेको जानकारी दिदै लुम्बिनी, पोखरा लगायतका नेपालका पर्यटकीय क्षेत्र र गोवा बीच पर्यटन साझेदारी अघि बढाउने प्रस्ताव स्वागतयोग्य रहेको उल्लेख गरेको पोखरेलले बताए ।
गोवाको डा. श्यामाप्रसाद मुखर्जी इन्डोर स्टेडियममा अक्टोबर २९ देखि ३१ सम्म आयोजित उक्त तीनदिने सम्मेलनमा विभिन्न देशका सयौँ अन्तर्राष्ट्रिय प्रतिनिधि र हजारौँ व्यावसायीहरु सहभागी थिए । सो अवसरमा चेम्बर प्रतिनिधिमण्डलले विभिन्न देशका व्यवसायी एवं लगानीकर्ताहरुलाई नेपालमा लगानीको अवसर बारे जानकारी गराउदै उद्योग, व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेको थियो ।
सम्मेलनमा गोवाका मुख्यमन्त्री सावन्तसहित राज्यसभा सदस्य सदानन्द शेट तानावडे, भारतका पूर्वकेन्द्रीय मन्त्री सुरेश प्रभु, भाइब्रेन्ट गोवाका अध्यक्ष राजकुमार कामतलगायत विभिन्न क्षेत्रका व्यावसायिक व्यक्तित्वहरूको उपस्थिति रहेको चेम्बरका लुम्बिनी प्रदेश सचिव प्रदिप आचार्यले जानकारी दिए ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.