Fast Nepal News

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : वरिष्ठ उपाध्यक्ष मल्होत्रा

banner single news

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले विशिष्ठ अतिथिका रुपमा कार्यक्रमलाई संबोधन गर्दै नेपाली कला, संस्कृति, संगीत र चाडपर्वले सामाजिक सद्भाव, आपसी एकता तथा राष्ट्रिय पहिचानलाई बलियो बनाउने बताए ।
राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वरिष्ठ उपाध्यक्ष मल्होत्राले कला, साहित्य र संगीत क्षेत्रको विकासका लागि राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवद्र्धनमा संगीतकर्मी, कलाकार, सञ्चारकर्मी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। नेपाली मौलिक संस्कृति र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सबै पक्षले संयुक्त रूपमा पहल गर्नुपर्ने उनको भनाइ थियो ।
मल्होत्राले देशको समग्र विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र राष्ट्रिय विकासका अभियानमा सबै एकजुट हुनुपर्ने बताए ।
उनले सरकारले कला, संस्कृति, संगीत तथा सिर्जनात्मक क्षेत्रलाई उचित प्राथमिकता दिँदै कलाकार र स्रष्टाको योगदानको सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, संगीतकर्मी, स्रष्टा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै स्रष्टाहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष प्रकाश कटुवालको सभापतित्व तथा संघका वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न भएको थियो ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.