Fast Nepal News

माओवादीको अबको कार्यदिशा ‘सांस्कृतिक क्रान्ति’

माओवादीले आदर्श मान्ने कम्युनिष्ट नेता माओको १२८औं जन्मदिनको अवसर पारेर आठौं राष्ट्रिय महाधिवेशन सुरू

banner single news

१२ पुस, काठमाडौं । प्रचण्डले ‘साँस्कृतिक क्रान्ति’को राजनीतिक कार्यक्रम प्रस्तुत गर्दै ‘साँस्कृतिक क्रान्ति’को राजनीतिक कार्यक्रम पेश गरेका छन् ।

करीव दुई घण्टा १३ मिनेट लगाएर प्रचण्डले वैचारिक–राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन प्रतिनिधिलाई भने दिइएको छैन । प्रतिवेदनबारे पौडेल भन्छन् ,स्थायी कमिटीकै नेताहरुले पनि पाएका छैनन् । तर प्रचण्डको प्रतिवेदनमा अबको पार्टी कार्यक्रम साँस्कृतिक रुपान्तरणका निम्ति ‘साँस्कृतिक क्रान्ति’ आवश्यक रहेकोबारे व्याख्या गरिएको छ।प्रचण्डले आफ्नै कमजोरी स्वीकार्दै साँस्कृतिक रुपान्तरणको कार्यक्रम प्रतिवेदनमा उल्लेख गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वताए । उनका अनुसार,‘संस्कार र संस्कृतिमा बदलिएर जाने, पार्टीलाई पुनर्जीवन दिने हो । त्यसका लागि पार्टी आन्तरिक रुपमै सुध्रिन जरुरी छ । पार्टीभित्रै साँस्कृतिक क्रान्ति आवश्यक छ’

विगतका अलमलबारे पनि प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन् । माओवादीले हेटौंडामा २०६९ मा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवादी यात्रामा जाने राजनीतिक कार्यदिशा पारित गरेको थियो । त्यही महाधिवेशनले शान्ति र संविधानको पक्षमा निर्णय गरेको हो । राजनीतिक कार्यादेश एउटा हुने, तर पार्टी नेता–कार्यकर्ताको संस्कृति, रहनसहन र जीवनशैली अर्कै हुने भएकाले त्यसलाई रुपान्तरणको खाँचो रहेकोमा प्रचण्डले जोड दिएका छन् ।

तर अब भने प्रचण्डपथको संश्लेषणसहित साँस्कृतिक रुपान्तरणको कार्यक्रममा अगाडि बढ्नुपर्ने प्रस्ताव गरिएको छ । बितेको १५ वर्षमा माओवादी सरकारमा जाने, तर सडकका जनतासँग जोडिन नसकेको निष्कर्ष प्रतिवेदनले स्वीकारेको छ ।

अब जनतामा जाने, आत्मालोचना गर्ने, संस्कार र संस्कृति बदल्दै श्रमसँग जोड्ने कार्यक्रमबाट पार्टी अगाडि बढ्नुपर्ने प्रस्ताव प्रचण्डले गरेका छन् । पार्टीलाई रुपान्तरण गर्न र प्रष्ट पहिचान बनाउन ठोस् कार्यक्रम लिएरै माओवादी अगाडि बढ्नुपर्ने प्रस्ताव गरिएको छ । ‘एक प्रकारको साँस्कृतिक क्रान्ति चीनमा भएको थियो, त्यही रुपमा बदल्नुपर्छ भन्नेछ’ एक नेता भन्छन्, ‘तर त्यो नेपाली विशेषतामा आधारित साँस्कृतिक क्रान्ति हुनसक्छ ।’पद, प्रतिष्ठा, भ्रष्टाचार, यौन कुण्ठा जस्ता साँस्कृतिक विचलनकै कारण पार्टीको गति रोकिएकाले पनि यस्तो कार्यक्रम आवश्यक रहेको नेता विडारी बताउँछन् । माओवादीको गन्तव्य भने समाजवाद नै हुने प्रतिवेदनमा भनिएको छ । ‘मुख्य त समाजवादको बाटोमा हिँड्ने हो र त्यसका लागि साँस्कृतिक क्रान्ति पहिलो शर्त हो’, शिक्षामन्त्री रहेका नेता पौडेल भन्छन् ।

Inside Article Ads

साँस्कृतिक रुपान्तरणका निम्ति अपनाइने कार्यक्रमको समीक्षा ६/६ महिनामा गर्नुपर्ने पनि प्रस्ताव गरिएको छ । उत्पादनसँग जोडिदै रुढीवादी परम्परा भत्काउन पनि साँस्कृतिक क्रान्ति आवश्यक रहेकोमा जोड दिइएको छ ।

प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन नेताहरुले नपाएको र छलफल गरेर अन्तिम रुप दिन बाँकी रहेकाले साँस्कृतिक रुपान्तरणका निम्ति पार्टीको कार्यक्रम कस्तो हुन्छ भन्ने प्रष्ट हुन बाँकी छ । तर नेताहरुले दिएको जानकारी अनुसार माओवाद, दीर्घकालीन जनयुद्ध, प्रचण्डपथ, एक्साइसौं शताब्दीको जनवाद हुँदै अब माओवादी ‘साँस्कृतिक क्रान्ति’को कार्यक्रमतिर बढ्ने तयारीमा जुटेको छ ।

दश वर्षे सशस्त्र विद्रोह र २०६२/०६३ सालको जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य, संविधानसभाको गठन र अन्तरिम सरकार बनिसकेको नयाँ परिस्थितिमा माओवादीले माओवाद र एक्साइसौं शताब्दीको जनवाद भन्ने गरेको थियो ।

३ जेठ २०७५ मा नेकपा एमालेसँग एकता गरेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समाजवाद उन्मुख जनताको जनवादलाई राजनीतिक कार्यक्रम मानेको थियो । तर गएको वर्ष २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता प्रक्रिया भंग गर्दै एमाले र माओवादी केन्द्र पुनर्स्थापना गर्‍यो ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.