
रीता तिवारी
नेपालमा नारी शिक्षामा अग्रणी स्थान हासिल गर्न सफल यस पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय देशमा आम नागरिकका लागि शिक्षाको अबसर नभएको अन्धकार युगमा पनि नारी शिक्षाका लागि दियोका रुपमा २००४ सालमा स्थापना भएको थियो । अत्यन्त रुढीबादी समाजमा पनि छोरीहरूलाई शिक्षा दिन खोलिएको यो विद्यालयको गरिमामय इतिहास छ । यस विद्यालयबाट दीक्षित धेरै महिला अहिले समाजमा प्रतिष्ठित जीवन बिताइरहेका छन् ।
हाल डिल्लीबजारमा यस विद्यालयको जग्गा तात्कालीन राणा प्रधानमन्त्री पद्यमशमशेरका आफ्नै छोरा बसन्त शमशेरको नाममा थियो पछि उनले छोरालाई बिशालनगरमा रहेको जग्गा सोधभर्नामा दिई डिल्लिबजारमा रहेको निजको जग्गा बिद्यालयलाई हस्तान्तरण गरेको बताइन्छ । यस विद्यालयको स्थापना वि.संं २००४ साल श्रीपञ्चमीका दिन गरिएको हो । त्यस्तै ११ र १२ कक्षाको सञ्चालन वि.सं २०६४ सालमा भएको थियो । काठमाडौं जिल्लाको डिल्लीबजार स्थित यो विद्यालयमा करिब १३ रोपनी आफ्नै स्वामित्वको जग्गा छ र तीन वटा भवनहरू रहेका छन् । यी भवनहरूमा शिशु कक्षदेिख कक्षा १२ सम्मको दैनिक पठनपाठन कार्य संचालन भइरहेका छन् । यस्तै कक्षा ११ र १२ मा शिक्षा, ब्यवस्थापन र मानबिकी र सिभिल ईन्जिनियरिङ संकायका कक्षाहरू बिहान सञ्चालन भइरहेका छन् भने शिशु कक्षादेखि १० कक्षा सम्मका कक्षाहरू दिवा समयमा सञ्चालन भइरहेका छन् । शिशु कक्षादेखि १२ सम्ममा हाल करीब नौसय जना छात्रा अध्ययनरत छन् भने दिवा र विहान गरी ६७ जना शिक्षक कर्मचारीहरू सेवा कार्यमा संलग्न रहिआएका छन् ।
आर्थिक रुपमा विपन्न र अरुको आश्रयमा बस्दा विभिन्न खाले हिंसाको शिकार हुन सक्ने जोखिममा रहेका छात्राहरूलाई सुरक्षित रुपमा आश्रय दिनका लागि विद्यालय हातामा नेत्री मंगलादेवी सिंहका नाममा एक आधुनिक छात्रावासको निर्माण कार्य लगभग समाप्त भएको छ । सो छात्राबास भारतीय राजदूतावासको आर्थिक सहयोगबाट जिल्ला बिकास समितिको प्रत्यक्ष रेखदेखमा निर्माण भइ रहेको छ र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लगभग सय जना छात्रा अट्ने यो छात्राबासको निर्माणले समस्यामा परेका थुप्रै छात्राहरूको सुरक्षित थलो हुने विश्वास मैले लिएको छु ।
विद्यालयलाई अन्य निजी विद्यालयहरूको सरह नै पठन पाठन अघि बढाउने सोचका साथ अहिले विद्यालयले नयाँ अभ्यासहरू शुरु गरेका छं जसमा चारवटा त्रैमासिक परीक्षा बाहेक एकाई परीक्षा लिइरहेका छौ । यसका लागि तीन सदस्यीय परीक्षा समिती पनि गठन गरिएको छ । त्यस्तै धेरै विद्यार्थीहरू कमजोर पृष्ठभूमिबाट आएका र विशेषगरी गणित,विज्ञान र अंग्रेजीमा कमजोर रहेकाले दैनिक कक्षाले मात्र उनीहरूको सिकाईस्तरलाई उकास्न कठिन हुन्छ । त्यसैले विद्यालयले हाल कक्षा दशका विद्यार्थीहरूलाई विद्यालय समय पश्चात यी विषयहरूमा अतिरिक्त कक्षा पनि सञ्चालन गरेको छ । त्यस्तै विद्यार्थीहरूलाई शिक्षकले नियमित गृहकार्य दिने व्यबस्था मिलाइएको छ र शिक्षकले गृहकार्य दिएको छ छैन र त्यसको नियमित जाँच गरेको छ छैन भन्ने विषयमा प्रशासनले महिनाको एक चोटि क्रस चेक गर्ने र गृहकार्य गर्ने कपीमा छाप लाउने व्यबस्था पनि मिलाइएको छ । यसबाट विद्यार्थी र शिक्षकमा नियमित गृहकार्य गर्ने अभ्यास बस्ने छ । विहानी समयमा दैनिक पाचँ पिरियड कक्षा सञ्चालन गर्नुका साथै दिवा सत्रमा दैनिक सात पिरियड कक्षा सञ्चालन हुन्छ । साथै विद्यालयमा हाल आठ कक्षासम्म कम्प्युटर विषयको पढाई भईरहेको र निकट भविष्यमा बाह् कक्षासम्म पढाईने योजना छ । त्यस्तै प्रत्येक हप्ताको एक पटक श्रव्यदृश्य कक्षा सञ्चालन गर्ने गरिएको छ । प्रत्येक कक्षामा स्टार चार्टराखी विद्यार्थीहरूको मूल्याङ्कन गर्ने गरिएको । यस्तै विद्यार्थीहरूलाई भविष्यमा रोजगारीका लागि सजिलो होस भनि कक्षा ९ देखि सिभिल ईन्जिनियरिङ्ग विषयको पढाई भईरहेको । परीक्षा नियन्त्रण कार्यालयले गरेको सर्भे अनुसार नेपाल अधिराज्यभरका सामुदायिक विद्यालयहरूमा कक्षा एघार र बाह्तर्फ यो विद्यालय दोस्रो श्रेणीमा ल्याउन सफल भएको छ । मलाई लाग्छ, यो पद्यमकन्या विद्याश्रमको ठूलो सफलता हो । त्यस्तै विद्यालयमा विद्यार्थीहरूको सर्वाङ्गिण विसकाका लागि अतिरिक्त क्रियाकलाप अर्को महत्वपूर्ण पक्ष ठानेर विद्यालयले एउटा अतिरिक्त क्रयाकलाप क्रियाकलाप समिती पनि गठन गरिएको छ । विद्यालयको क्यालेन्डरमा वर्षभरी गरीने क्रियाकलापहरूको विवरण राखेका छौ र सोहि अनुसार विद्यालयमा हरेक शुक्रबार २ बजेपछि विभिन्न बादविबाद, हिज्जे, बक्तृत्वकला आदि प्रतियोगिताहरू सञ्चालन भईरहेका छन् र विहानी सत्रमा विद्यालयको बार्षिकोत्सवको अवसरमा विभिन्न खेलकूद, बादविवाद प्रतियोगिता, हिज्जे आदि हुने गरेको छ । । यसबाट बालबालिकाको व्यक्तित्व विकासमा सकारात्मक योगदान पुग्ने विश्वास विद्यालयले लिएको छं । त्यस्तै अन्य संघ संस्थाको सहयोगमा कराते र फुटबलका दक्ष प्रशिक्षकहरूको व्यबस्था गरी प्रत्येक हप्ता खेलाउने गरेका छौ । विद्यालयमा पढ्न आउने विद्यार्थीहरूका लागि स्वास्थ्यको विचार गर्दै कक्षा दुईसम्मका विद्यार्थीहरूलाई खाजाको व्यवस्था गरेका छौ । विद्यालयमा एउटा नर्स र सुविधा सम्पन्न नर्स कोठाको व्यवस्था गरी छात्राहरूलाई महिनावारी हुदा स्यानेटरी प्याड निःशुल्क प्रदान गर्ने गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि विभिन्न प्रकारका छात्रवृत्ति पनि उपलब्ध गराउने गरिएको छ । देशकै अग्रणी विद्यालयको रूपमा विकास गर्न यस विद्यालयले विभिन्न अल्पकालीन तथा दीर्घकालीन योजना राखेको छ । विद्यालयमा निर्माणधिन अवस्थामा रहेको छात्राबासमा अधिराज्यभरका छात्राहरूबीच प्रतिश्पर्धा गराई गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई भर्ना गर्ने योजना विद्यालयले राखेको छ । त्यस्तै आजको आवश्यकतालाई ध्यानमा राखी सूचना तथा प्रविधिलाई विशेष ध्यान दिने योजना विद्यालयको रहेको छ । बढी भन्दा बढी कक्षाहरूलाई प्रविधिमैत्री बनाईने छ । हाल कक्षा आठसम्म मात्र कम्प्युटर कक्षा सञ्चालन भईरहेकोले निकट भविष्यमा कक्षा बाह्सम्म कम्प्युटर कक्षा सञ्चालन गर्ने लक्ष्य छ । त्यस्तै विद्यालयमा अधिकांश फर्निचर पुराना र विद्यार्थीमैत्री नभएकोले क्रमश जिल्ला शिक्षा कार्यालय,वडा कार्यालय आदिको सहयोगमा नयाँ फर्निचर थप्दै लैजाने योजना विद्यालयको छ । विद्यालयको दीर्घकालीन योजनामा र नयाँ विज्ञान भवन बनाउन पहल गर्ने साथै कक्षा ११ मा विज्ञान संकाय थप्ने योजना रहेको छ । छात्राहरू मात्र पढ्ने काठमाडौं जिल्लाको मुटुमा रहेको यो विद्याश्रमले वरिपरी रहेका अन्य थुप्रै सरकारी तथा निजी विद्यालयहरूसित प्रतिश्पर्धा गर्दै आप्mनो गतीमा अगाडि बढीरहेको छ । भविष्यमा यो विद्यालय पक्कै पनि समुदायको पहिलो रोजाई बन्नेमा दुई मत छैन ।आजको अबस्थामा
प्रअ पद्यमकन्या