
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६५, सिसिटिभिमार्फत २८, रातोबत्तीमा १२ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १०४, हर्न निषेधमा ३, अवस्था ठिक नभएको २१ जना लेन क्रस ३ जना र अन्यमा ४५८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
