Fast Nepal News

योमरी पूर्णिमाको विशेषता

योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ । साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन पनि रहेको छ। यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो ।

banner single news
२२ मंसिर, काठमाडौँ- नेवार समुदायका व्यक्तिहरुले कृषि सम्बन्धी धेरै चाड पर्वहरु मनाउने गर्दछन् । जुन चाडहरूमध्ये योमरी पूर्णिमा पनि एक चाडपर्वको रूपमा रहेको छ । नेपाल संम्बत् अनुसार थिंलाथ्व पुर्णिमा (मार्ग शुक्ल पुर्णिमा) का दिन मनाइने यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गर्दछ जसलाई योमरी भनिन्छ । योमरी खाने दिन भएको कारण यस दिनलाई योमरी पुर्णिमा भनिएको हो ।
नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाउँने गरिन्छ । यसरी भित्र्याइएको नयाँ धानको चामलबाटै योमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ । साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन पनि रहेको छ। यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो ।
योमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई “त्यसिंत्य” भन्ने गरिन्छ । यसरी योमरी माग्न गै सबैको भलोको कामना समेत गर्दछ । यस पुर्णिमाका रात सबै भन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेहरुलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने गरिन्छ । यस पुर्णिमाको भोलि पल्ट देखि योमरीको चुच्चो जति दिन लम्बिन्दै जान्छ भन्ने गरिन्छ ।
ईस्बी सम्बत अनुसार पनि सबै भन्दा लामो रात डिसेम्बर २२ का दिन हो । योमरी पुर्णिमा पनि लगभग यसैदिन पर्न आउँदछ । बैज्ञानिक कथन अनुसार जाडो महिनामा चाकु खानाले शरिरमा न्यानोपन बढ्छ जसले रुघाखोकी लाग्न दिँदैन । उपत्यकामा कृषि पेशा अवलम्बन गरिरहेको नेवार समुदायले धान भित्राएको खुसीयालीमा मनाउने योमरी पूर्णिमाको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्वसमेत रहिआएको छ।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.