
काठमाडौँ महानगरका मेयर बालेन शाह ७७औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सहभागी भएका छन् ।
उनी कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन् ।
उनी फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका छन् भने उनले यस क्रममा बालेनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका छन् ।
यस्तै उनले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्नेछन् । उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ ।
फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।