Fast Nepal News

चार क्‍वीन्टल प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट

banner single news

सशस्त्र प्रहरी बल १४ नम्बर गण हेड क्वार्टर मकपानपुरले चार क्‍वीन्टल प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी सहायक निरिक्षक जमिरिलाल राउतको कमाण्डमा खटिएको प्रहरी टोलिले बाराबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०२ ०३ ००१ च ५६८८ नम्बरको योद्धा १५ गाडी चुरियामाईमा चेकजाँच गर्ने माछा बरामत गरेको छ ।

दुईवटा ड्रममा लुकाइ ल्याइएको अवस्थामा नेपाल सरकारले प्रतिबन्ध लगाएको चार क्‍वीन्टल मङ्गुर जातको माछा फेला परेको सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुर प्रमुख ज्ञान प्रसाद भुर्तेलले जानकारी दिएका छन् ।

Inside Article Ads

बरामद गरिएको माछा प्रहरी, जनप्रतिनिधि, सञ्चारकर्मी, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रतिनिधि लगायतको रोहवरमा कार्यालय परिसरमा खाल्डो खनेर नष्ट गरिएको छ ।

मङ्गुर माछामा उच्च मात्रामा मर्करी हुने भएकाले खान अयोग्य मानिएको पशु चिकित्सक डा विजय पौडेलले बताएका छन्।

Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.