Fast Nepal News

पिर गीतले बुझाउन खोजेको समाजको वास्तविक यथार्थ के?

banner single news

प्रकाश कपाली। ‌। आरन प्रोडक्सनले उत्पादन गरेको प्रकाश सपुत र सम्झना भण्डारीको स्वरमा र प्रकाश सपुतको संगीतमा रहेको ‘पिर’ नामक शीर्षक रहेको गीतले माओवादी जन आन्दोलनमा सक्रिय भएर लाग्नुभएका नेता र कार्यकर्ताको विगत र वर्तमान अवस्था, मुलुकको व्यवस्थामा आएको परिवर्तनलाई प्रस्ट झल्काउँदै सामाजको वास्तविक यथार्थ प्रस्तुत गरेको भिडियोमा प्रस्तुत तस्बिर र अभिनयले प्रस्ट देखाएको छ । भिडियो सार्वजनिक भएसँगै समाजिक सञ्जालहरूमा ‘पिर’ बोलको गीतलाई प्रमुख विषय बनाएर कतै समर्थन कतै आलोचना व्यापक मात्रामा भईरहेको छ।’पिर’ बोलको गीतमा राज्य व्यवस्थामा परिवर्तन आएपनि जनताको अवस्थामा परिवर्तन नआएको विषयलाई मुल एजेण्डाको रुपमा प्रस्तुत गरिएको छ। यसैगरी जनआन्दोलनमा सक्रिय भएर लागेका जनआन्दोलनका सक्रिय योद्धाहरूको संघर्ष र बलिदानको कारण मुलुकमा गणतन्त्र स्थापित भएको कुरालाई भिडियोमा प्रस्तुत गरिएको छ। जनआन्दोलनका योद्धाहरू र सरकारबिच शान्ति सम्झौता भएपछि मुलुकमा आएको राजनीतिक परिवर्तनले व्यवस्थामा सुधार अाउनु आफैमा राम्रो पक्ष भएको र जनताको अवस्थामा सुधार नआउनुले जनआन्दोलनमा सक्रिय योद्धाहरूले गुनासो गरिएको र गणतन्त्रको विषयमा तर्कवितर्क भएको प्रसंगलाई पनि उल्लेख गरिएको छ। व्यवस्थामा परिवर्तन आएपनि जनआन्दोलनका सक्रिय योद्धाहरूले आफ्नो अवस्थामा परिवर्तन नआएको प्रति गुनासो प्रकट गर्दै रोजगारीको सिलसिलामा वैदेशिक पलायन हुनुपरेको घटनालाई यस भिडियोमा समावेश गरिएको छ । आफूसँगै आन्दोलनमा सक्रिय रहेका नेताहरुको जीबनमा ठूलो परिवर्तन आएको र आफ्नो जीबनमा आफूले संघर्ष प्राप्त गरेर ल्याएको व्यवस्थाले कुनै पनि सुधार नभएकोमा असन्तुष्टि र खेद प्रकट गरेको विषयलाई भिडियोमा उत्ठान गरेको छ। आर्थिक अभावको सिकारका कारण बैदेशिक पलायन हुनुपरेको र कतिप्रय जनआन्दोलनमा सक्रिय व्यक्तिहरु यौनव्यवसायमा संलग्न भएको समेत भिडियोमा यस विषयवस्तु प्रस्तुत गरी देखाएको छ। वैदेशिक रोजगारमा गएका महिला असुरक्षित हुँदा आफूलाई कठिन समस्याबाट मुक्त गराउन आग्रह गरेको विषय सञ्चार माध्यमबाट प्रस्तुत भएको र यस विषयमा परिवारले थाहा पाउँदा परिवारका सदस्य चिन्तित भएको बिषयलाई प्रष्ट गर्दै निराशावादी दृष्टिकोण प्रस्तुत भएको अवस्थालाई देखाइएको छ। आर्थिक अभावको सिकार भएका नागरिकहरूले मुलुकको व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नहुनुले परिवर्तनको आभास गर्न नसकेको विषयलाई भिडियोमा प्रस्तुत गरिएको छ। आफ्नो राष्ट्रलाई हरेक राष्ट्रप्रेमीहरुको माया र सद्भाव रहेको विषयलाई प्रस्तुत गर्दै नागरिकले परिवर्तनको आभास गर्न नसकेको विषयलाई प्रस्तुत गरिएको छ। एक बालिकाले देश भनेको के हो भनेर आफ्ना परिवारलाई प्रश्न सोध्दा चारकिल्ला भित्रको माटो हो भनी परिभाषित गर्दै चारकिलाको माटो पनि सर्वसाधारण नागरिकहरुको नभई टाठोबाठो र चलाक व्यक्तिहरूको व्यक्तिहरूको भएको प्रसङ्ग उत्थान गरिएको छ। सामाजिक सञ्जालमा अहिले चर्चामा आएको यस गीतले नेकपा माओवादीका कतिपय नेताहरुले आलोचना गरेका छन् । यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस गीतलाई लिएर कुनै विवाद गर्न नपर्ने तर्क व्यक्त गर्नुभएको छ। यसैगरी नेकपा माओवादी केन्द्रका निवर्तमान उपाध्यक्ष एवम् वर्तमान जनता समाजवादी केन्द्रका अध्यक्ष डा.बाबुराम भट्टराइले सबैले आ -आफ्नो विचार राख्न पाउने अधिकार भएको र यस गीतमा कुनै आपत्ति जनाउन नपर्ने तर्क व्यक्त गर्नुभएको छ। आफु पनि जनयुद्धको एक अगुवा भएको विषयलाई डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्ना विचार राख्नुभएको छ। राजनीतिक परिवर्तन र जनताको जीवनस्तरमा आधारित रहेर तयार गरिएको यस गीतले विगतका समय र वर्तमान समयको अवस्थालाई प्रस्तुत गर्दै देशका सम्पूर्ण नागरिकहरूको समस्याको विषयलाई समावेश गर्दै वास्तविक यथार्थलाई आत्मासात गरेको प्रष्ट देखिन्छ। त्यसैले यस विषयलाई लिएर अनावश्यक टिकाटिप्पणी नगर्ने विषयतर्फ सबैको ध्यान जानु अति नै आवश्यक छ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस
1 Comment
  1. Sampanna says

    Sabaile sunnu parne geet Ra hernu prne lekh

प्रतिक्रिया

Your email address will not be published.