Fast Nepal News

उपत्यकामा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको दर।

banner single news

प्रकाश कपाली। विगतको समयहरूमा भन्दा अहिले उपत्यकाका क्षेत्रहरुमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको सङ्ख्या ह्वात्तै घटेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले जनाएको छ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ जिल्लामा सक्रिय संक्रमितको संख्या ५,३९४ रहेको छ भने निको हुने व्यक्तिको सङ्ख्या २०,३९८० र मृत्यु हुनेको संख्या १,९४२ जम्मा संक्रमितको संख्या २१,१६१६ रहेको छ। यसैगरी भक्तपुर जिल्लामा सक्रिय संक्रमितको संख्या ८७१ रहेको छ भने निको हुने व्यक्तिको सङ्ख्या २२,१०६ र मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८० गरी जम्मा सक्रिय संक्रमितको संख्या २३,३५७ रहेको छ। यसैगरी ललितपुर जिल्लामा सक्रिय संक्रमितको संख्या ९७९ र निको हुने व्यक्तिको सङ्ख्या ३७,९०९ र मृत्यु हुने व्यक्तिको सङ्ख्या ५७८ गरी जम्मा संक्रमितको संख्या ३९,४६६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

Inside Article Ads

कोरोना भाइरसको जोखिम उपत्यका क्षेत्रमा हालसम्म कायम रहेकोले स्वास्थ्यमा मापदण्ड अपनाउनुका साथै सरकारले निःशुल्क रुपले प्रदान गरेको खोप सम्बन्धित क्षेत्रमा गएर लगाउनु अति नै आवश्यक देखिन्छ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.