Fast Nepal News

देउवालाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

banner single news

काठमाडौं । नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । देउवा पाँचौपटक प्रधानमन्त्री बनेका हुन् ।
गत असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री भएका देउवाले संसद बैठक बसेको पहिलो दिन नै विश्वासको मत लिएका थिए । देउवालाई संसदमा एमालेको ओली पक्षबाहेक सबैजसोले मतदान गरेका थिए । प्रतिनिधिसभाबाट हिजो (आइतबार) विश्वासको मत प्राप्त गरेपछि पाकिस्तानका प्रधानमन्त्री खानले समकक्षी देउवालाई बधाई दिएका हुन् । खानले देउवाको कार्यकालमा नेपाल र पाकिस्तानबीचको सम्वन्ध अझ मजबुत बनदै जाने अपेक्षा गरेका छन् ।
बधाई दिँदै खानले ट्वीटरमा लेखेका छन्, ’प्रतिनिधिसभाबाट विश्वासको मत जितेका देउवालाई बधाई दिन चाहन्छु । मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन र आपसी हितका मुद्दामा मिलेर अघि बढ्ने पाकिस्तानको अपेक्षा छ ।’

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.