Fast Nepal News

विद्यालयका पुस्तकमा लापरवाहीः कतै मूल्यसूचीमा कालोपोतो, कतै अनुमति नपाएका पुस्तक पढाइँदै

banner single news

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै केही पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा मनलाग्दी पुस्तक बिक्री वितरण भएको पाइएको छ ।

कतै पुस्तकमा कालो पोतेर मूल्य बढाएको भेटिएको छ भने केही विद्यालयले स्वीकृति नै नपाएका पुस्तक पठनपाठन गराउने गरेका छन् । कतिपयले नेपाली माध्यममा पठाउनुपर्ने पुस्तक अंग्रेजीमा छपाइ गरेरसमेत पढाएका छन् । केहीले कलिला बालबालिकालाई आवश्यकभन्दा धेरै पुस्तकको भारी बोकाएका छन् ।

पाठ्यपुस्तक अनुगमन समितिले गरेको अनुगमनमा पुस्तक छपाइमा विकृति, अभिभावकलाई शुल्कमा भार तथा बालबालिकालाई धेरै पुस्तक पढ्न लगाएर अनावश्यक तनाव थपिएको पाइएको हो । समितिले शनिबार नयाँबानेश्वर र भोटाहिटीका केही पुस्तक पसलमा अनुगमन गर्नेक्रममा यस्तो विकृति भेटिएको हो ।

Inside Article Ads

अनुगमनमा सहभागी समिति सदस्य तथा अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेको, कतिपयले पुरानै पुस्तक पढाएको, कतिपयले पुस्तकमा फोर कलरको मूल्य राखेर ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिरसमेत राखेको पाइएको जानकारी दिए । उनका अनुसार अुनगमनका क्रममा रोजबड स्कुलले कक्षा १ मा १० वटा पुस्तक पढ्न लगाउने गरेको पाइएको छ ।

सरकारले कक्षा १ मा चार विषयको पाठ्यक्रम बनाएको छ । अभिषेक पुस्तक पसलमा दिएको किताबको सूचीमा रोजबडमा पढ्ने बालबालिका लागि १० वटा पुस्तक किन्नुपर्ने बाध्यता छ । सोही स्कुलका कक्षा २ का विद्यार्थीले नौवटा पुस्तक किन्नुपर्ने बाध्यता छ । ७–८ वटा पुस्तकको सूची हुने विद्यालयको संख्या धेरै रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.