Fast Nepal News

उद्योगी तथा व्यवसायीलाई खोप सुबिधा उपलब्ध गराउन चेम्बर अफ कमर्शको आग्रह

banner single news

 

काठमाडौं  नेपाल चेम्बर अफ कमर्शले समस्त उद्योगी तथा व्यवसायी लाइ खोप सुबिधा उपलब्ध गराउन आग्रह गरेको छ । चेम्बरले बुधबार एक विज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो । कोभिड १९ महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाई आक्रान्त तुल्याएको उल्लेख गर्दै चेम्बरले भनेको छ,’विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयां भेरियण्टको कोरोना भाइरस (कोभिड(१९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै छ । नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने हुन्छ’ ।

नयाँ भेरियन्टको कोभिड-१९को दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाइ आक्रान्त तुल्याएकाले समयमै कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नहुँदा अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मवलमा ह्रास आएको बताउदै चेम्बरले अगाडि भनेको छ ’अहिले मुलुकमा लकडाउन भइ अधिकांश व्यवसायहरु वन्द अवस्थामा रहेका छन भने अर्को तर्फ कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना हुन गएको छ’ ।

Inside Article Ads

साथै ‘यस परिस्थितिमा उद्योग तथा व्यवसाय संचालनका सिलसिलामा अग्रपंक्तीमा रही कार्यरत हुनुपर्ने भएकोले समग्र निजी क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने भएको हुँदा नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु ,चेम्वरसंग आवद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्धिराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्वर अन्तरगत गठित केन्द्र तथा जिल्ला अन्तरगत गठित महिला चेम्वरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्वर अन्तरगतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाइ दुवै चरणको खोपको व्यवस्था गर्न नेपाल चेम्बर अफ कमर्श सम्वधित निकाय समक्ष आग्रह गर्दछ’ चेम्बरद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.