Fast Nepal News

राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाल हस्तकला व्यवसायी संघको आर्थिक सहयोग

banner single news

 

काठमाडौं
डा.महावीर पुनको नेतृत्वमा सञ्चालनमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु पाँच लाख एघार हजार रुपैँया सहयोग प्रदान गरेको छ ।


कोभिड १९ को वर्तमान महामारीको समयमा केन्द्रले कोरोनाका बिरामीहरूले प्रयोग गर्ने स्वास्थ्य सामग्री निर्माण गरी मानवीय सेवामा सह्राहनीय योगदान पुर्याएको हुनाले उक्त रकम उपलब्ध गराएको कुरा संघकी अध्यक्ष मीरा भट्टराईले जानकारी गराइन् । काठमाडौं जिल्लाका हस्तकला व्यवसायीहरुको सेवाका लागि समर्पित रहेको र मुनाफारहित संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्न सहयोग गरिएको बताइन् ।

राष्ट्रिय आविष्कार केन्द्रले देशभरका अस्पतालमा उपचार गरिरहेका बिरामीको जीवन रक्षाका लागि प्रयोग गरिने उपकरणहरुको निः शुल्क मर्मत र जीवन बचाउने उपकरणहरू र त्यस्ता उपकरणहरूको मर्मत, भ्यान्टिलेटर आपूर्ति, अक्सिजन स्थापना जस्ता सेवाहरु प्रदान गरिरहेको छ ।

Inside Article Ads

आफ्ना सदस्यहरुबाट स्वेच्छाले रकम उपलब्ध गराएकोमा उदारमन भएका सदस्यलाई हार्दिक धन्यवाद प्रकट गर्दै सदस्यहरुबाट सिधै संस्थाको खातामा जम्मा गरिएको रकमलाई राष्ट्रिय आविष्कार केन्द्रको खातामा हस्तान्तरण गरिएको जानकारी दिइन् ।

संघले हाल अस्पतालमा रहेर उपचार गरिरहेका कोभिडका बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको कुरा वक्तव्यमा उल्लेख गरिएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.